अबमुल्यन भा’छु म त, मोल खोजछ्यौ तिमी
भासिएको गला न लय, बोल खोजछ्यौ तिमी
सल्केर मुटु डढेको मनमा पिडा छ कती
सुकेको छाती निचरी, झोल खोजछ्यौ तिमी
हल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसे
हल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमी
जिबनका खातामा भत्किएका सपना छ कि
नखोलेरै भित्री पाना बाहिरी खोल खोजछ्यौ तिमी
समुन्द्रको लहरले छुन्न अत्यास त्यो प्यास
तैपनी चिनी पानीको गुलियो घोल खोजछ्यौ तिमी

हल्लाको मान्छेहरु हल्लामा
हल्लाको मान्छेहरु हल्लामा हांसे हल्ला गाँसे
हल्ला नछिर्ने कुन बस्ती टोल खोजछ्यौ तिमी
it’s very nice to sounds in mind , I have read all ur gazals which u have provided to majheri.com ( like us who loves to kalam ), i wish we will tast more creation from ur side future,
Lakpa Sherpa
Dubai