जीवन सधैं सम्झौता
चाहना सधैं कुण्ठार्
कर्म सधैं बाध्यता
मन सधैं बन्धक ।
उद्देश्य सधैं नियन्त्रित
लक्ष्य सधैं अस्पष्ट
यात्रा सधैं अनिश्चित
जीवन फेरि दुष्कर ।
प्राप्ति सधैं दुरुह
भोगाइ सधैं पीडा
भावना सधैं कलुषित
जीवन पुनः निष्काम ।
प्रण सधैं निर्रथक
मानस सधैं दिग्भ्रमित
स्मृति सधैं पीडक
जीवन सधैं तिरष्कृत ।
दृष्टि सधैं भ्रमित
सोच सधैं विशृङ्खल
खुसी सधैं मृगतृष्णा
जीवन एउटा भार ।
