रमा धेरैबेर आफ्नो अनुहार ऐनामा हेर्ने गर्थी । उसको यो बानी देखेर घरका सबैजना वाक्क भएका थिए । रमाकी आमा त सँधै ऐना रमाले नभेट्टाउने ठाउँमा लगेर लुकाउँथिन् । रमा भने ऐना जसरी भए पनि खोज्थिन् । रमाको यो बानी देखेर घरका सबै जाना उसलाई कहिले गालि गर्थे भने कहिले हास्ने गर्थे ।
स्कूलमा पनि रमा सँधै झयालको छेउमा बस्ने गर्थी अनि घरी घरी झ्यालको सीसामा आफ्नो अनुहार हेर्ने गर्थी । यसरी आफ्नो अनुहार ऐनामा हेर्न थालेपछि उसलाई वरिपरी के भइरहेछ थाहा नै हुँदैनथ्यो ।
एकदिन सँधै झैँ रमा झ्यालको सीसामा आफ्नो अनुहार हेरेर बसिरहेकी थिई । यही मौका छोपेर रमाकी साथी राधाले रमाको ब्याग खोलिन् । अनि रमाको खाजाको बट्टा खोलेर खाजा खाइदिइन् ।
रमाले आफ्नो खाजा चोरी भएको कुरा पत्तै पाइन । तर टाढाबाट भने हरिले देखिरहेको थियो ।
हरि कराउन थालेछ -“राधाले रमाको खाजा चोरेर खाइ ।” खाजा चोरी खाजा चोर !” हरि कराएको सुनेर सबै जना कक्षा वरिपरि भेला भए ।
मीस पनि आइपुग्नुभयो र राधालाई गाली गर्दै भन्नु भयो -“राधा हेर त्यसरी चोर्नु हुन्छ – अब तिर्मा नाक काटियो नि ! तिमी मात्र हैन तिर्मा बा आमाको पनि नाक काटिन्छ नानु, चोर्नु हुँदैन ।”
नाक काटिने शब्द सुन्नेवित्तिकै रमा दङ्ग परिन् । “ओहो ! कसैको सामान चोरे देखि त नाक काटिने रहेछ” भनेर उनी दङ्ग परिन् । सबैजना झुम्मिएर राधालाई गाली गरिरहेका थिए । रमा हरिको ब्यागनिर गइन् अनि सुटुक्क हरिको पेन्सिल चोरिन् ।
सबैजना कक्षा कोठामा राधालाई गाली गरिरहेका थिए । रमा भने हरिको पेन्सिल आफ्नो ब्यागमा हालेर घरतिर लागिन् ।
अनि दौडिदै आफ्नो घर पुगिन् । अनि तुरुन्त ऐना अगाडि बसेर आफ्नो नाक काटियो कि भनेर प्रतिक्षा गर्न थालिन् ।
उनको नाक त काटिदै काटिएन । आज त उनलाई आफ्नो नाक हिजो अस्तिको भन्दा पनि नराम्रो लाग्यो, अनि …..
कहिले उनले आफ्नो नाक ऐनामा मोटो हात्तीको जस्तो देखिन् भने ।
कहिले उनलाई आफ्नो नाक सारसको जस्तो चुच्चो लाग्यो ।
कहिले भने खरायोको जस्तो सानो लाग्यो ।
त्यही नाकको कारण नै उनी घण्टाै ऐनामा आफ्नो मुख हेर्ने गर्थिन् । यो कुरा कसैलाई थाहा थिएन । उनको नाक मिसले भने झैँ काटिदै काटिएन । स्कूलमा मीसले त कसैले कसैको सामान चोर्žयो भने नाक काटिन्छ भन्नुभएको थियो । उनी यही कुरा सोच्दै आफ्नो नाक हेरिरहिन् ।
रात अबेर सम्म बस्दा पनि नाक काटिएन । त्यो दिन त उनलाई आफ्नो नाक अरु धेरै मन परेन । हातमा ऐना लिएरै रमा निदाइन् ।
भोलिपल्ट स्कूल शुरु हुनु भन्दा पहिला नै रमा स्कूलमा पुगिन् र सीधै मीस काहाँ गएर भनिन्-“मिस किन झुट बोल्नु भएको मेरो नाक त काटिएन नि !”
मीसले कुरै बुझिनन् उनले रमालाई माया गर्दै सोधिन् -“किन र नानु तिमी यति राम्री छौ नाक पनि राम्रै छ ! किन काट्नु पर्žयो त त्रि्रो नाक -” रमाले दिक्क मान्दै भनिन्न -“हिजो तँपाइले राधाले मेरो खानेकुरा चोर्दा नाक काटिन्छ भन्नु भएको हैन -”
मीस छक्क परेर रमाको मुख हेर्न थालिन्, रमा भन्दै थिइन् -“मलाई मेरो नाक नै मन पर्दैन । त्यसैले मेरो पनि नाक काटिन्छ कि भनेर मैले हरिको पेन्सिल चोरेर घर लगेँ तर मेरो नाक नै काटिएन ।”
बल्ल मीसले रमा घरी घरी कक्षा कोठाको झयालमा अनुहार हर्ेर्ने कुरा बुझिन् । उसले हास्दै भनिन्-“नानी कसैले नराम्रो काम गरेमा नाक काटियो भनिन्छ साच्चिकै त नाक काटिने हैन नि ! साँच्चिकै नाक काटियो भने त बिरामी भै हालिन्छ नि तिमीलाई बिरामी हुन मन छ -”
रमाले झट्ट आफु बिरामी भएर आस्पतालमा बसेको सम्भिन् र भनी -“अहँ मलाई त बिरामी भएको मनै पर्दैन ।” मलाई डाक्टरको इन्जेक्सन देखि साहै डर लाग्छ ।”
उसो भए नाक काट्ने कुरा नगर । हामी बाँचेकै त यो नाकको कारणले हो । यसैको सहायताले सास फेर्न सकिन्छ । अनि नाक भित्रका रौहरुले बाहिरका धुलो, किटाणुलाई नाक भित्र छिर्न दिँदैनन् । नाकले त राम्रो हावा मात्र शरिर भित्र पठाउँछ । अनि थाहा छ नाक कै सहायताले धेरै चीसो हावा एकै पटक हाम्रो शरिर भित्र पस्न पाउँदैन ।
रमा वाल्ल परेर मीसको कुरा सुन्न थालिन् । त्यो दिन उनले कक्षाको झ्यालको ऐनामा आफ्नो अनुहार हेरिन् । नाक आफ्नै ठाउँमा चिटिक्क थियो । ठूलो सानो भएको थिएन । रमा चुपचाप घर पुगिन् ऐना अगाडि उभिन् उनलाई आज उनको नाक राम्रो लाग्यो । बिस्तारै हातले नाक समाइन् । बिस्तारै साँस लिइन् अनि दङ्ग पर्दै भनिन्- “आहा ! मेरो नाक कति राम्रो मेरो नाक कति राम्रो ।” बिस्तारै हातले नाक छोपि । उनलाई एउटा डाक्टरले ठूलो इन्जेक्सन लगाएको जस्तो लाग्यो ।
हत्तपत्त हात नाकबाट हटाइन् अनि लामो सास फेरिन् । अनि खुशी हुँदै भनिन् “आहा ! मेरो नाक कति राम्रो छ । म यही नाकले गर्दा त राम्री भएकी छु ।”
