रमा ममताको दिदी हुन् । ऊ ममताको ठूलो बुबाआमाको छोरी हुन् । एकदिन दिदीको बिहे हुने कुरा पक्का भयो । त्यसैले घरमा कहिले मामामाइजू आउन थाल्नुभयो त कहिले काकाकाकी । यसरी नातेदार र पाहुनाहरूको आगमनले घरमा रमाइलो चहलपहल सुरू भयो । ममतालाई पनि रमाइलो लाग्यो ।
एकदिन बिहेको लागि सरसमान किन्न जाने कुरा भयो । रमा दिदी, आमाबुबा, मामामाइजू बजार जान ठिक परे । ममतालाई पनि रमा दिदीसँगै बजार जान मन भयो ।
“म पनि बजार आउँछु । मलाई पनि सँगै लैजानुहोस् ।” ममताले खुसी हुँदै भनिन् । “पर्दैन ! त्यहाँ त्रि्रो के काम – घरमा ज्ञानी भएर हजूरआमासँग बस्नु ।” आमाले भन्नुभयो । केही बेरपछि ममता र हजूरआमा बाहेक अरू सबैजना बजार गए । ममता नियास्रो मान्दै हजूरआमासँग बसिन् ।
“हजूरआमा, दिदीको बिहे कहिले हो -” ममताले सोधिन् ।
“एक हप्तापछि ।” हजूरआमाले भन्नुभयो ।
“दिदीको बिहेमा म विद्यालय जाँदिन है ।” ममताले भनिन् ।
“किन छोरी -” हजूरआमाले सोध्नुभयो ।
“बिहेमा दिदी दुलही बन्छिन् । बाजा बजाउँदै जन्ति आउँछन् । दुलाहा पनि आउछन् । मलाई बिहे हर्ेन रमाइलो लाग्छ । त्यसैले विद्यालय जाँदिन है ।” ममताले हजूरआमालाई फकाउँदै भनिन् ।
“हुन्छ । हुन्छ । त्यस दिन जानर्ुपर्दैन ।” हजूरआमाले भन्नुभयो । हजूरआमाको कुरा सुनेर ममता दङ्ग परिन् ।
बेलुकी पख बजारबाट सबैजना घर र्फके । धेरै सामानहरू घरमा ल्याएको ममताले देखिन् । “यत्तिका सामानहरू के-के होलान् -” ममताले सोचिन् । केही बेरपछि दिदी र आमाले बजारबाट किनेको सामानहरू खोलेर देखाउनुभयो । त्यसमा रातो साडीहरू, जुत्ता, घडी, ब्याग -झोला), सृङ्गारको सामानहरू अनि अरू धेरै थोकहरू थिए । किनेका सामानहरू हर्ेर्दै सबैजना दङ्ग परे । र, बजारमा देखेका सामानहरूको बारेमा कुरा गरे । दिदी, आमाबुबा र अरूहरूको कुरा सुनेर ममतालाई पनि झन् रमाइलो लाग्यो ।
“आमा ! मलाई के ल्याइदिनुभयो -” धेरै सामानहरू देखेर ममताले सोधिन् । ममताको कुरा सुनेर सबैजना हाँसे । “तिमीलाई केही पनि छैन । यो सबै रमा दिदीको हो ।” आमाले भन्नुभयो ।
“रमा दिदीलाई मात्र किन – मलाई चाहिँ खोइ त -” ममताले सोधिन् ।
“यो सबै बिहेमा दुलहीले लगाउँने सामानहरू हुन् । दिदीले आफ्नो बिहेमा लगाउनुहुन्छ ।” आमाले सम्झाउँदै भन्नुभयो ।
“यस्तो सामान लगाउँन त बिहे गर्नुपर्छ । तिमी पनि बिहे गछ्यौर्ं -” हजूरआमाले ममतालाई जिस्काउँदै भन्नुभयो । हजूरआमाको कुरा सनेर सबै जना हाँसे । सबै हाँसेको देखेर ममता लजाइन् ।
केही बेरपछि सबैजना सुत्न गए । ममता पनि सुत्नको लागि ओछ्यानमा पल्टिन् । ऊ बिहेको लागि किनेको धेरै सामानहरू सम्झेर निदाइन् ।
भोलिपल्ट बिहानै ममता उठिन् । ऊ सरासर हजूरआमाको कोठामा गइन् । “हजूरआमा ! म पनि बिहे गर्ने ” ममताले भनिन् । ममताको कुरा सुनेर हजूरआमा हाँस्नुभयो । “किन हास्नुभएको – मलाई पनि दिदीलाई जस्तै धेरै लुगाहरू किनिदिनुहोस् न । म पनि बिहे गर्ने” हजूरआमा हाँसेकीे दखेर ममताले फेरि भनिन् ।
“हुन्छ । हुन्छ । म त्रि्रो बिहे गरिदिन्छु ।” हजूरआमाले भन्नुभयो । हजूरआमाको कुरा सुनेर ममता खुसी भइन् । “तर, तिमी कोसँग बिहे गर्ने त -” हजूरआमाले ममतालाई सोध्नुभयो । हजूरआमाको प्रश्न सुनेर ममता जिल्ल परिन् । उसले केही बेर सोचेर भनिन् -“तपाईसँग बिहे गर्ने ।”
“धत् ! हजूरआमासँग पनि कसैले बिहे गर्छ र -” हजूरआमाले भन्नुभयो । “अनि कोसँग गर्नु त -” ममताले सोधिन् ।
“केटीमान्छेको बिहे त केटामान्छेसँग पो हुन्छ । त्यसैले तिमी कुन केटासँग बिहे गछ्र्यौ – ” हजूरआमाको कुरा सुनेर ममताले सोच्न थालिन् । “विवेकसँग गर्ने ।” धेरै बेर सोचेर उसले भनी ।
“को विवेक – तिमीसँगै पढ्ने साथी हो -” हजूरआमाले सोध्नुभयो । ममताले टाउको हल्लाउँदै “हो” भनिन् । “धत् लाटी ! त्यस्तो सानो मान्छेसँग पनि कसैले बिहे गर्छ र – ऊ त भर्खर तीन कक्षामा पढ्दैछ । थाहा छ तिमीलाई, रमा दिदीको दुलहाले त धेरै पढेको छ । फेरि विवेकको बिहे गर्ने बेला पनि भएको छैन । उसले त धेरै पढ्नु छ । ” हजूरआमाले भन्नुभयो ।
“भो । म उसँग बिहे गर्दिनँ । बरू अनिसदाइसँग बिहे गर्छर्ुु” ममताले फेरि भनिन् । ” अनिसदाइसँग त्रि्रो बिहे गर्न त हुने थियो, तर मिल्दैन ।” ममताको कुरा सुनेर हजूरआमाले मुस्कुराउँदै भन्नुभयो ।
“किन हजूरआमा -” ममताले जिल्ल पर्दै सोधिन् । “किनभने उसले तिमीभन्दा धेरै पढेको छ । तिमीजस्तो थोरै पढ्ने केटीसँग उसले किन बिहे गर्ला र – थाहा छ, रमाले त वि.ए. पास गरेकी छिन् । धेरै पढेकी छिन् । त्यसपछि मात्र उसको बिहे हुन लागेको हो ।” हजूरआमाले ममतालाई बताउन्भयो ।
“हो । म पनि रमा दिदीजस्तै धेरै पढ्छु । अनि मात्र बिहे गर्छर्ुु तर धेरै पढ्न मलाई कति समय लाग्छ होला -” ममताले एकछिन सोचेर सोधिन् ।
“धेरै लाग्दैन, अब बीस वर्षामात्र लाग्छ । त्यस पछि तिमीले पनि बिहे गर्ने
है । रातो साडी लगाएर दुलही बन्ने है ।” हजूरआमाले हाँस्दै भन्नुभयो । हजूरआमाको कुरा सुनेर ममता खुसी भइन् । हजूरआमाले पनि खुसी हुँदै ममताको गालामा र्म्वई खाइनुभयो । ममताले दङ्ग पर्दै भनिन् -“त्यसबेला मलाई धेरै लुगा किनिदिनुहोस् है । रमा दिदीको भन्दा पनि धेरै नि ।”
