ठूले फोहरको थुप्रोबाट काँच र प्लास्टिक छानिरहेको थियो । ऊ यस्तै काँच र प्लास्टिक लगी साहूलाई बुझाउँथ्यो अनि त्यसबाट पाएको पैसाले बाबु-आमालाई मद्दत गर्दथ्यो । गरिब भएकै कारणले उसले पढन-लेख्न पाएको थिएन । पढाइ लेखाइ नभए तापनि ठूले असाध्यै इमान्दार थियो । असल केटोमा उसको नाम आउँथ्यो ।
एउटा मोटर आएर उसको अगाडि घ्याच्च रोकियो । गाडीबाट एउटा बिदेशी ओर्लियो । ठूले झसङ्ग भएर त्यतैतिर हर्ेन थाल्यो । विदेशीले अंग्रेजीमा के भन्यो कुन्नि! अर्को चाहिं काले-काले स्वदेशी जस्तै देखिने मान्छेले गाडीको शिशाबाट चियाएर ठूलेलाई भन्यो – “ए केटा ऊ त्यता छरिएका सुंगुरलाई यहाँ एकै ठाउँमा बोलाउन सक्छस् -” ठूलेलाई अचम्म लाग्यो । उसले फोहर छान्न थालेको त धेरै समय भइसक्यो । यस्तो प्रश्न उसले पहिलो पटक सुन्यो । ऊ वाल्ल पयो ।
के वाल्ल परेको – सक्छस कि सक्दैनस् – कालेले झर्केर भन्यो ।
“किन बोलाउने सुंगुरलाई -” ठूलेले डर्राई-डर्राई सोध्यो ।
फोटो खिच्ने क्या फोटो ! ती संुगुरहरूलाई यहाँ को फोहरको थुप्रो अगाडि राखेर फोटो खिचेर ती साहेबले विदेशको पत्रिकामा छपाउँछन् । त्यसबाट पैसा आउँछ के धेरै लाटा !
“ए मैले बुझें ।” टाउको हल्लाउँदै ठूलेले फेरि भन्यो – “फोटो खिचेर विदेशमा नै पठाउने हो भने यति जाबो फोहरको थुप्रोको त के खिच्नु नि – योभन्दा फोहर ठाउँ कति छ कति !”
कालेको आँखा चम्कियो – “तिमी हामीलाई त्यो ठाउँ पुयाइदिन्छौ त !”
उसले ठूलेलाई तिमी भनी फुस्ल्याउन खोज्यो ।
ठूलेले “मेरो आजको कामै हुन पाउँदैन नि त । म त काम गरेर खानुपर्ने मान्छे !” भनी दच्कियो ।
“तँलाई आजको कमाइ भ्याउने गरी दिउँला नि पैसा !” कालेले आँखा चम्काउँदै भन्यो ।
ठूले हुन्छ भनी गाडीभित्र बस्यो ।
गाडी अलिकति अगाडि बढाएर कालेले सोध्यो – “कता जाने हो -”
“सिधा अगाडि नै जाऊँ न !” ठूलेले आँखाले अगाडि नै देखायो ।
तर निकै नै अघि पुगिसक्दा पनि ठूलेले भने झंै सुंगुर र फोहरको थुप्रो देखिएन । अलि-अलि त जताततै नै थिए तर ठूले यति जाबोको के खिच्नु भनी तर्काउँदै लैजान्थ्यो । यसै गरी घुम्दा-घुम्दै साँझ-साँझ नै पर्नथाल्यो तर फोटो खिच्ने ठाउँ आइपुगेन ।
काले ड्राइवरलाई त रिसै उठेछ – “ए केटा तेरो फोहरी ठाउँ अब कति टाढा छ -” – ऊ निकै झोक्कियो ।
“अब आउनलाग्यो ड्राइवर साहेब ऊ त्यहीं मोडमा त हो नि ।” ठूलेले सोझो बनेर भन्यो ।
तर अचम्म – मोड त झन् सफा थियो । काले ड्राइबर रिसले रातो भयो, विदेशीले पनि अँध्यारो मुख पायो ।
“फोहरको थुप्रो ऊ त्यो नदीको किनारमा छ, यहाँबाट हिड्नर्ुपर्छ एक घण्टा जति ।” ठूलेले कुरो बनाउँदै भन्यो ।
“अहिले यतिबेला भइसक्यो अब भ्याइन्न । त्यहाँमाथि यी साहेब हिँड्न पनि सक्दैनन” ड्राइबर निकै च्याँठ्ठएिर ठूलेलाई झण्डै झापड लगायो ।
ड्राइबरको रिसले रातो भएको मुख देखेर ठूले गाडीबाट फुत्त ओर्लियो ।
“तंैले हामीलाई धोका दिइस्, देख्दा त निकै सोझो छ्स् तर भित्र तँ असाध्यै धर्ूत रहिछस् । मेरो आजको कमाइ सबै गयो ।” ड्राइबर भुत्भुताउन थाल्यो ।
“नरिसाउनोस् न ड्राइबर साहेब यहाँ हिड्न गाह्रो भए अघिन कै ठाउँ छदैछ नि, म सबै सुंगुर भेला पारौंला । तर आज यतिबेला भइसक्यो । बा आमा मेरो बाटो हेरिरहनु भएको होला ! भोलि गरौंला है ! मेरो पैसा चाहिं दिनोस् न, तरकारी किनेर लैजानु छ ।” – ठूलेले डराउँदै पैसा माग्यो ।
“पैसा अहिल्येनै माग्न लाज लाग्दैन । मेरो पेट्रोल खर्च कति भयो थाहा छ – पैसा सैसा भोलि , फोटो खिचेपछि नै दिउँला । आजकै समयमा हामी आइपुग्छौं ।” काले ड्राइबरले गाडी हुइक्यायो । ठूले पनि अनुहारमा कुटिल हाँसो छरेर घरतिर लाग्यो । घरमा पुगेपछि उसले आफ्ना वरपरका साथीहरूलाई पनि दिउँसको घटना सबै सुनायो ।
भोलिपल्ट लगभग त्यही समयमा काले ड्राइबर गोरे साहेबलाई लिएर गाडी घ्याच्च रोकेर यताउति हर्ेन थाल्यो । “ठाउँ त यहीं जस्तो लाग्छ, होइन बाटो भुलिएछ कि क्या हो – गल्ली गल्लीको बाटो यस्तै हुन्छ । – ड्राइबरको आवाज सुनेर ठूले मुलुक्क अगाडि आइपुग्यो ।
उसलाई देख्नासाथ काले ड्राइबरले भन्यो – “ए केटा हिजोको ठाउँ नै होइन त यो-”
“किन र ठाउँ चिन्नु भएन -”
“अनि खोइ त फोहरको थुप्रै छैन, अनि सुंगुर पनि एउटा देखिंदैन ।”
“ए त्यो त सबै हामीले हिजो नै सफा गयौं नि ! रातारात सबै मिलेर गरेपछि त एकदिनमा सफा भइहाल्यो नि !” ड्राइबरको शिर एकाएक झुक्यो।
त्यसमाथि ठूलेले थप्यो – “बुझ्नु भो ड्राइबर दाइ अब कुनै पनि विदेशीले नेपालको फोहरको चित्र खिच्न पाउँदैन । अब हामी सबै मिली हाम्रो टोल सफा राख्छौं । अब नेपालको फोहरी चित्र बाहिर जान पाउँदैन, अब नेपालको सुन्दर चित्र मात्रै जान्छ, खिच्नोस् न ड्राइबर साहेब ।”
ऊ त्यहाँ हेर्नोस त घण्टाघर कति राम्रो छ ।
ठूलेको कुराले काले ड्राइबरलाई लाज मर्नु नै भयो अनि त टाउको निहुराएर गाडीभित्र छियो । गोरे साहेबले त के भने कुन्नि ! ठूले चाहिं सगरमाथा उक्लेको गौरव ले तनक्क तन्किएर घरतिर लाग्यो ।
