छाडी गए नि
छाडी गए नि मलाई
तिम्रो साथ् पाए जस्तो
पराइको अंगालोमा बाधे पनि तिमी
म संग माया लाए जस्तो !
सोच्दा सोच्दै लथारक्का थाक्छु
तिमीलाई भेट्न धाए जस्तो
कुनै बेला खुशी हुन्छ यी मन
कल्पनामै तिमी नि भेट्न आए जस्तो !!
के गरौ- गरौ लाग्छ तिम्रो लागि
तिमीले नि मेरो साथ् चाए जस्तो
बेर्थै संका लाग्छ मनमा
फेरी पनि संगै जिउनी कसम खाए जस्तो !!!
बेर्थै संका लाग्छ मनमा
फेरी पनि संगै जिउनी कसम खाए जस्तो …………….
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
