तातो हावा संगै बालुवा र घाम खादै
बिद्छ मेरो दिन हजुर,
दिनै पिच्छे बढ्दै गर्छन
सय कट तीन ऋण हजुर !
बेर्थै आएछु झैँ लाग्छ
नभएको पिर चिन्ता लिन हजुर
छाउन नपाइ खिएर
पानी चुदै छरे घरको टिन हजुर !!
जति दुख गरेनी उभो हुन्न
हामी नेपालीहरु किन हजुर ,
जवाफ कतै नपाउदा
आफैलाई लाग्छ घिन हजुर
जवाफ कतै नपाउदा
आफैलाई लाग्छ घिन हजुर ………..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
