Skip to content

तिमीलाई बदनाम पार्न सकिएन !


आकाशको जूनतारा तिम्रो लागि
कुराले मात्रै झार्न सकिएन
झुट्टा माया देखाउँदै दुनियाको सामु
तिमीलाई बदनाम पार्न सकिएन !

बिश्वासघाती प्रेमी बनी चोटै-चोट दिई
तिमीलाई जिउँदै मार्न सकिएन
निर्मोही बनी तिम्रो लागि
अन्तै माया सार्न सकिएन !!

म बिस्वाश गर्थे हाम्रो प्रेम घरको
त्यसैले अन्तै घरेटी खार्न सकिएन
सँगै हुर्काऊँ लाग्थ्यो मायाको बिरुवा,
त्यसैले अन्तै फुलबारीमा सार्न सकिएन ………

तर ……..तर ….सानु तिमीले…………
मलाई ईशारा दियौ …….
म जिउँदै अहिले लास भएँ……….
जुवारेको तास भएँ
………किनकि तिमी जुवाडे रहिछौ
मलाई खेल्न खेल्यौ होइन??
मेरो निश्चल माया र सोजोपनलाई
तिमीले खेलबाड गर्यों होइन ??

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *