Skip to content

तकदिर मेरो चुक्दैछ आजकल


तकदिर मेरो चुक्दैछ आजकल
दुख दैलोमा ढुक्दैछ आजकल

खुशीको मुहान त तिमी नै हौ
बाँध लगायौ सुक्दैछ आजकल

मनले मनलाई छल्न थालेपछि
अविश्वाशको प्रश्न उठ्दैछ आजकल

मेरो खुशीमा उत्सव मनाउने
त्यो मन किन रुँदैछ आजकल

औंशीमा पनि आइदिए लाग्ने
पूर्णिमामै जून लुक्दैछ आजकल

रोहित असीम,
लमजुंग, सुन्दर बजार ३,
हाल: दोहा कतार

6 thoughts on “तकदिर मेरो चुक्दैछ आजकल”

  1. वाह दामी छ साथी , साह्रै
    वाह दामी छ साथी , साह्रै सुन्दर लाग्यो..keep it up…..

  2. वा वा वा रोहित सर, हजुर को
    वा वा वा रोहित सर, हजुर को गजल ले मेरो मुटु सम्म चोट पुरायो त ? अती उत्तम, अती प्रसम्सनीय, अती मर्मस्पर्सी, अती दर्दनाक र अती राम्रो । कीप इट अप ।

    Pratap Dhungana- Doha

Leave a Reply

Your email address will not be published. Required fields are marked *