Skip to content

बाटो पनि रोयो

  • by


तिमीले पाईला मोडेपछि बाटो पनि रोयो
आज एक्लै डाँको छोडी लाटो पनि रोयो ।।

बेईमानी बिश्वाश घाती पात्रहरु देखी
आँशु झारी जीवनको पाटो पनि रोयो ।।

आफ्नोपन सभ्यता र नाता हराउँदा
खेली हुर्की बडेको त्यो माटो पनि रोयो ।।

बिछोडको वेदनाले पल पल घोचिदिंदा
हराएको घोउको खाटो पनि रोयो ।।

उनी हाँस्दै खुशी जीवन यापन गर्दै होलिन्
नबुझेर यो मन उन्को साटो पनि रोयो

तिमीले पाईला मोडे पछि बाटो पनि रोयो
आज एक्लै डाको छोडी लाटो पनि रोयो ।।

जगत राम बर्देवा (घायल)
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *