हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले
समाजले देख्ने गरी रुन पनि उन्ले ।।
धिक्कार भो मेरो सारा खुशी दिए पनि
बिर्सी गईन मैले लाको गुन पनि उन्ले ।।
अछुत भयो पसिना र रगत पनि आज
भुलिन् सिउँदो रंगाएको खुन पनि उन्ले ।।
तिरस्कारको पर्दा मलाई ओढाएर गईन्
तर सम्भब छैन चोट धुन पनि उन्ले ।।
ममाथि उनले गर्या अत्याचार नि सहेँ
सक्ने छैनन् उस्को प्यारी हुन पनि उन्ले ।।
हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले
समाजले देख्ने गरी रुन पनि उन्ले ।।
जगत राम बर्देवा (घायल)
दोहा कतार
