शुभकामना २०६७ लाई शुभकार्य थालेर आअोस्
संबिधानको धारासँगै विकासले पाईला चालेर आअोस् ।।
धेरै भयो हत्या हिंसा स्वाभिमान जनतामाथि
हत्या हिंसा आतंक फलाउने रुख ढालेर आअोस् ।।
शीरको सिंदूर पुछिनु हुन्न अब जनता मारिनु हुन्न
देश र जनता नगन्नेलाई कारागारमा हालेर आअोस् ।।
सुन्दर शान्त नेपाल बनोस नेपाली भै बाँच्न पाऊँ
चुईने गरीबी झुप्राहरू समृद्धिले टालेर आअोस् ।।
अन्धकारलाई चिर्न अब दियो बल्छ उज्यालो भै
कुसंस्कार विकृति ६६ले फालेर आअोस् ।।
शुभकामना २०६७ लाई शुभकार्य थालेर आअोस्
संबिधानको धारासँगै विकासले पाईला चालेर आअोस् ।।
जगत राम बर्देवा (घायल)
नबोदित साहित्यिक वाचनालय दोहा कतार
४ ।४ ।२०१०
