Skip to content

तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ


मह जस्तो गुलियो माया तिमीलाई अमिलो पिरो भएछ,
सम्झनाका अमुल्य उपहारहरू, बर्षाको बेस्वादे बिमिरो भएछ।

समय सँग चल्न जानिन कोही कसैलाई छल्न जानिन,
त्यसैले मायाका ब्यापारीहरू, तिम्रो दिलको हिरो भएछ।

एकोहोरो पक्कै होईन तिम्रा पनि भावना ब्यक्त थिए,
तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ।

तिमीलाई सधैं आलिशान न्यानो-न्यानो जताततै,
मलाई मात्रै पापी माया, मुटु कमाउने ठिहिरो भएछ।

धन त बराबरी होला नहोला चाहन्थे चाहना बराबरी होस्,
तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ।।।।।।

1 thought on “तैपनि सय प्रतिशतमा, तिम्रो माया जिरो भएछ”

  1. बास्तबिकता दर्साउनु भयछ
    बास्तबिकता दर्साउनु भयछ यतिखेर मैले पाउने मायापनि जिरो भयछ!एक अर्काले माया सबैलाई गरेका हुन्छन् तर मैले त आठ बर्षदेखि सन्तान नभयर खाली कोख लिएर नारकीय जिबन जिउन बाध्य एउटी नारीलाई माया भन्दापनि खूनको साईनो संगै माया दिएको थिए तर उनी आज मलाई लत्यार बाँच्न चाहदै छिन हेर नारि भन्नेको आत्मा!मेरो खून अब मैले कसरी अरुको फोहोरी पोल्टामा पर्न दिउ त्यो त मेरो सच्चा त्याग तपस्या र बलिदानको फल हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *