हरपल अतित कोट्याएर आँशु झार्दिन म
नमर्नु त मर्यो आत्मा अझै मार्दिन म ॥
सयौ बाचा बन्धनहरु पाखा लायौ छिन्मा
मुटुसँगै झुटो बोली यसै टार्दिन म ॥
केवल तिम्रै काखमा मर्छु सयौ जुनीपछि पनि
तिमीसँगै साटे खुशी अन्त सार्दिन म ॥
म त त्यस्तो ऋतु हैन मौसमसँगै फरक हुने
आहुती दिन्छु जीवन तर हार्दिन म ॥
हार पनि जित हो रे पिरतीको खेलमा
त्यसैले त तिमी हिड्ने बाटो बार्दिन म ॥
हरपल अतीत कोट्याएर आँशु झार्दिन म
नमर्नु त मर्यो आत्मा अझै मार्दिन म ॥
जगत राम बर्देवा घायल
दोहा कतार
