Skip to content

बिलौना जिन्दगीको

  • by


मनभरि पीडा अनि चोट भए नि,
आँसु लुकाई मुस्कुराउनु पर्दो रहेछ यहाँ।

आफ्नो लागि बाँच्ने मन नहुँदा नहुँदै नि,
अरुको निम्ति भए पनि बाँच्नु पर्दोरहेछ यहाँ।

बेसुर यो जिन्दगीमा निरन्तर चक्र घुमेझैँ
बाध्यताको हुरीसँगै नाँच्नु पर्दोरहेछ यहाँ।

अदृश्य त्यो भबिष्य सम्झी बर्तमानलाई कुल्चिएर,
सीमित ती सपनाहरू साँच्नु पर्दोरहेछ यहाँ।

कुनै एकको सपनाहरु हराभरा बनाउनलाई,
उम्रिंदै गरेका हजार अंकुर भाँच्नु पर्दोरहेछ यहाँ।
    

कमल कार्की – बुटवल,मुर्गिया
हाल:-दोहा,कतार
 kamalkarki22@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *