Skip to content

चुरा सरि टुटेपछि


मनको हरेक इच्छाहरू
सिसा सरि फुटेपछि ,
टाढा भयो आफ्नो पनि
समयले लुटेपछि !

बिना गल्ती शब्द वाणले
अपराधी झैँ कुटेपछि,
बाँच्न गारो हुँदा रहेछ
मन मुटु यो फुटेपछि !!

रुप नलिंदै सम्बन्धको
चुरा सरि टुटेपछि
के नै आशा रहयो अब
दु:ख पर्दा छुटेपछि ……….
के नै आशा रहयो अब
दु:ख पर्दा छुटेपछि ……….!!!

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *