Skip to content

कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी


कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी
आफ्नो बाटो आफैँ मोड्न सक्नुपर्छ नारी ।

तेरो मेरो उसको त्यसको नभनेर आजै
कुरा काट्ने प्रवृति नै छोड्न सक्नुपर्छ नारी ।

हतास अतास नभएर संयम भइरहेर तिमी
समानताको बलियो नाता जोड्न सक्नुपर्छ नारी ।

निस्कन बाहिरबन्देज छन्बाधा व्यवधान
उग्ररुप लिइ पर्खाल फोड्न सक्नुपर्छ नारी ।

हिजो भन्दा आज आज भन्दा भोलि फेरिँदैछ
खराब रीतिरिवाजको जरै गोड्न सक्नुपर्छ नारी ।

बुटवल, रूपन्देही, नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *