Skip to content

चैत महिना काफल पाक्या असाढमा केला (देउडा गीत)


चैत महिना काफल पाक्या असाढमा केला
घर कि नै याद औन्या रहेछ एक्लो हुने बेला

घास काट्या तिमली को सोतर रुइना को
कै पनि मिलन्या रहेन छ् सोचेर सुइना को

बाटो छैन बतासको घर छैन हासोको
परानी उडेर् गयो भाउ छैन आसु को

पर्देशमा आई गया घर कब जाउला
परानी बचेँर रहया घरै कामाइ खाउला

तीन साल घास काट्या मैले छ् साल सोतर
भनु त धेरै नै थियो सुनदिन्या को छ र

जय राज जोशी
दत्तु-९ दार्चुला हाल दुबइ

2 thoughts on “चैत महिना काफल पाक्या असाढमा केला (देउडा गीत)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *