Skip to content


फूल भनौं भने  भमराले  लुटिदिन्छ जिन्दगी
पालुवा भनौं भने असिनाले कुटिदिन्छ जिन्दगी
घाम भनौं भने सम्साझै लुकिदिन्छ  जिन्दगी          
आकास भनौं भने बादलसँगै छुपिदिन्छ जिन्दगी
हिमाल भनौं भने तेन्जिंग नोर्गे चडिदिन्छ जिन्दगी
सपुत भनौं भने जाँड खाएर लडिदिन्छ जिन्दगी
अहिंसा भनौं भने गोला बारुद ठोकिदिन्छ जिन्दगी
यात्रा भनौं भने बिचमा कतै रोकिदिन्छ जिन्दगी
युद्ध भनौं भने बुद्धलाई  ढोगिदिन्छ जिन्दगी
शान्ति भनौं भने अहंकार बोकिदिन्छ जिन्दगी
मिलन भनौं भने प्रेयासिले छोडिदिन्छ जिन्दगी
बिछोड भनौं भने मधुर मिलन भोगिदिन्छ जिन्दगी
आखिरमा के हो त जिन्दगी ?
दुख:सुख मिलन बिछोडको सङ्गम भएछ जिन्दगी
जन्मपछि भोग्ने पर्ने मृत्यु रहेछ जिन्दगी

रियाद ०२-०६-२०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *