१ राजनीति
दुनो सोझो भो
देश नालीमै रह्यो
फुपूको श्राद्द
२ नेता
तौलतोलाइ
काममा छन् सिपालु
पुस्ता भरण
३ सरकार
यश हराको
विषविहीन साँप
श्वाश खोज्दो छ
४ कानून
सानामा लागू
ठूलाचाहिं बाहिर
कागजमा छ
५ वर्तमान
उताउलो म
भोलिलाई भो काम
उधारो बेला
रूपनगरः ७ सप्तरी
