देउडा गीत
रिन ले पर्देशी भया छड्या जन्म भुमी
बाल बच्चा कि जतन गरे दिन काटे मुइ भुनी
काज बार कि रुलु टुलु धुलो चामल पिसी
सम्झी सम्झी जिउ झुरन्छ घर अाइजा पर्देशी
बिदेश नोकरी गर्नु सुरता हुन्छी घरै
छुटी मिल्या छिट्टै आउँला जिउ न झुरा धेरै
उमे लि दाउरा काट्यो को कुच्चो बाटन्छ
बच्चाले बा भन्या बेला कलेजी फाटन्छ्
जन सुके हाजरी बोट बारै मास मुइना
दिन मुइ बाटुली लाउला राती आउँला सुइना
अरका कि नोकरी गर्नु घर मा रिन पाडी
आउँदैछु दशै कि घर बिरानो देश छाडि
जय राज जोशी
दत्तु-९ दार्चुला हाल दुबइ

मन छोयो, सारै मीठो छ, खेखक वा
मन छोयो, सारै मीठो छ, खेखक वा संकलकलाई धन्यवाद
Nawaraj Subba, http://www.nrsubba.com.np
Thanks sir
Thanks sir