Skip to content


पवन बनेर आनन्द देऊ तिमी बतास हुरी नबन
अग्नि बनेर न्यानो ताप देऊ तिमी ज्वालामुखी नबन
शीतल जल बनेर प्यास मेटिदेऊ नहोऊ नरगिस तिमी
सन्तानलाई धेरै माया देऊ तर हिरण्यकशिपु नबन तिमी ।

स्वादिष्ट जलपान गर सधै चार नम्बरी नबन तिमी
प्राणी सबैमा दया मयाँ गर लौ निस्ठुरी नबन है तिमी
बिद्वान भइ सुकर्म गर्न सिकाऊ घमण्डी नबन तिमी
मूर्ख र अत्याचारीहरुसंग बच है यहि नै छ शान्ति दिने ।

कुबेर झै धनवान बनेर तिमी उपकारमा हात बढाऊ
भीम झै बलवान बनेर तिमी सधै निर्वललाई सघाऊ
बरुण झै रुपवान बन घृणा कसैलाई नगर
ऐश्वर्य रुप धन जाने छ एक दिन यसमा भर नपर ।

दया, करुणा, क्षमा र उपकार गर्ने मनमा निश्चय गर
पितृ कर्तव्य र धर्मको पालन गर्ने झट्टै अगाडि दर
मीठो, नम्र वचन बोल्ने सबलाई ईज्जत मान गरेर
यस्ता युवा पिंढी सन्तान तिमी बन सबै नै भर पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *