Skip to content


हेटौडा नगरी मनोरम छ यो सारा सबै जान्दछन्
पानीको पनि स्वाद नैछ रसिलो प्यूनेहरु भन्दछन् ।
धेरै काम हुने बनस्पतिहरु पाइन्छ सारा यहाँ
देख्दा सुन्दरता यहीँेछ गतिलो भेटिन्छ यस्तो कहाँ ।।

यौटा स्मारक भो यसै नगरमा घुम्छन् सबै आखिर
धेरै वेश ब्यपारको पनि थलो बाटो छ चारैतिर ।
भाषा भेष यहाँ सबै थरहरु जाती र गोत्रीहरु
एकै आपसमा मिलेर बसने सारा छिमेकीहरु ॥

राप्तीको नजिकै बजार सुरु भै कर्रा नदी दक्षिण
चौतर्फी नगरै बिकास भइगो पानी पुग्यो घर्घर ।
बत्तीको कम छैन घर्घर सबै बल्दैछ चारैतिर
सन्सारी चुरिया यसै नगरमा पाइन्छ पूजा गर ॥
गजलकुटेरी विशालमार्ग नारायणगढ चितवन ।

शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२।७ मा विराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *