Skip to content

मझेरी भलाकुसारी, अंक ०१ (गोर्खे साइँलो)


मझेरीले प्रत्येक सातामा एक स्रष्टासँगको अन्तर्वार्ता प्रकाशन गर्ने निर्णय गरेको छ। यस प्रथम अंकमा मझेरीका सकृय लेखक तथा गजल विधामा विशेष दख्खल राख्नुहुने साहित्यकार “गोर्खे साइँलो”को अन्तर्वार्ता समावेश गरिएको छ। तल समावेश प्रश्नहरूको अतिरिक्त पाठकहरूलाई स्रष्टासँग सिधै प्रश्न गर्न मन लागेको भएमा तल “प्रतिकृया”मा प्रश्न राख्नुहोला। आगामी दिनमा छनोट गरिने स्रष्टा तथा प्रश्नहरूको बारेमा केही सुझाब भएमा हामीलाई प्रेशित गर्नुहोला। info@majheri.com

शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न।

वास्तविक नामः ऋषिप्रसाद लामिछाने, साहित्यिक नामः गोर्खेसाइँलो
जन्मस्थानः पश्चिम १ नं. नुवाकोट साविक चतुराले गा. वि. स.-४ थर्पुगाउँ,
जन्मः २००९ साल भाद्र १० गते सोमवार,
माता पिताः माता स्व. हिमकुमारी पिता स्व. बोधनाथ लामिछाने,
पत्नीः मीनमाया लामिछाने, सन्ततिः ४ छोरा २ छोरी
चितवनको बसाइ: २०२६ साल कार्तिक २८ गतेदेखि
पेशाः विभिन्न व्यापार व्यवसाय तथा साहित्य र समाज सेवा
साहित्यिक यात्राः २०२२ सालमा शान्तिशिक्षा मन्दिर साउनेपाटी काठमाडौँमा विद्यार्थीको दुःख भन्ने कवितामा प्रथम पुरस्कार प्राप्त भएपछि ।
लेखन विधाहरूः कविता कथा गजल तथा गजलका शास्त्रीय संरचना सम्बन्धी खोज-अनुसन्धान मुलक लेख लघुकथा निबन्ध हाइकु मुक्ततक र समीक्षाआदि, हालसम्म कृ ती प्रकाशनःएकल लेखनमा ४ वटा सह लेखनमा ४ वटा गरी जम्मा ८
आवद्धता रहेका संस्थाहरूः
संस्थापक अध्यक्ष – पल्लव साहित्य प्र ती ष्ठान नारायणगढ चितवन ।
अध्यक्ष- गजल-माच चितवन भरतपुर चितवन – २०६५–६८
संस्थापक उपाध्यक्ष- छन्द बचाऊ अभियान चितवन-नवलपरासी शाखा ।
कार्यसमिति सदस्य- अभिव्याजना साहित्य प्र ती ष्ठान चितवन – २०६५–६८
कार्यसमिति सदस्य- चितवन साहित्य परिषद् भरतपुर चितवन – २०६६–६८
कार्यसमिति सदस्य- साहित्य पत्रकार सङ्घ चितवन – २०६६–६८
साचालक समिति सदस्य – विजय सामुदायिक सूचना तथा संचार सहकारी संस्था लि.विजय एफ्. एम. गैँडाकोट, नवलपरासी २०६४–६७
सञ्चालक समिति सदस्य – चमेलीदेवी स्कुल भ.न.पा.४ चितवन २०६४–६९
सचिव- नेपाल अर्बुद्धरोग निवारण संस्था चितवन जिल्ला शाखा चितवन २०६६–६८
सल्लाहकारः – नुवाकोट साहित्य परिषद बट्टार नुवाकोट, कोसिस साहित्यिक मासिक चितवन, धरा मासिक साहित्यिक पत्रिका नवलपरासी, गाउँले अर्धवार्षिक साहित्यिक विविध चितवन, महिला साहित्यिक माच नवलपरासी, रत्ननगर महोत्सब स्मारिका प्रकाशन समिति – २०६६ ।

आजीवन सदस्य संस्थाहरूः

– वाणी प्रकाशन सहकारी संस्था लि. विराटनगर, चितवन साहित्य परिषद् भरतपुर चितवन, रामेश्वर पुस्तकालय तथा वाचनालय क्षेत्रपुर चितवन, पर्वत साहित्य सङ्गम कुस्मा पर्वत, माधुरी साहित्य प्र ती ष्ठान कुस्मा पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्र ती ष्ठान नेपाल, अभिव्याजना साहित्य प्र ती ष्ठान चितवन, नुवाकोट साहित्य प्र ती ष्ठान बिदुर- ३ बारहीमार्ग नुवाकोट, जनमत साहित्य मासिक – काभे,नेपाल स्रष्टा समाज – काठमाण्डौ, स्याङ्जा साहित्य प्र ती ष्ठान स्याङ्जा, नेपाल रेडक्रस सोसाइटी चितवन, नेपाल क्षयरोग निवारण संस्था चितवन, नेपाल अर्बुद्धरोग निवारण संस्था चितवन जिल्ला शाखा, नारायणागढ, नेपाल हृदयरोग निवारण संस्था भरतपुर, नेपाल परिवार नियोजन सङ्घ भरतपुर, चितवन ।

सम्मान
– मितज्यू साहित्य प्रतिष्ठान चितवनद्वारा मितज्यू स्रष्टा सम्मान – २०६३ ।
– धारा मासिक साहित्यिक पत्रिकाद्वारा धारा साहित्यिक अभिनन्दन-पत्र – २०६४ पिठौली कावासोती नवलपरासी
– मध्यक्षि ती ज वाङ्मय प्र ती ष्ठानद्वारा मध्यक्षि ती ज साहित्य सम्मान – २०६३चितवन ।
– हाम्रो मझेरी साहित्य प्र ती ष्ठानद्वारा हाम्रो मझेरी साहित्य सम्मान-२०६५ चितवन ।
– नुवाकोट साहित्य प्र ती ष्ठानद्वारा महामण्डल साहित्य सम्मान- २०६६ नुवाकोट ।
– दोस्रो नुवाकोट महोत्सवद्वारा नुवाकोट साहित्य सम्मान- २०६६ बिदुर नुवाकोट ।

सम्पादन तथा आबद्धताः
– प्रबन्ध-सम्पादक तथा व्यवस्थापकः पल्लव साहित्यिक पत्रिका १४ औँ अङ्क, चितवन महोत्सव- २०६३ र २०६५ स्मारिका, लामिछाने बन्धु समाजका स्मारिकाहरू, ने. इ. ए.का स्मारिकाहरू र चाँदनी कवितासङ्ग्रह संस्करण १, र २, पलपलका परिमलहरू गजलसङ्ग्रह, गौरीपुत्र गजानन खण्डकाव्य, मरुद्यान कवितासङ्ग्रह, पाल्पालीको गजलसङ्ग्रह, हिमस्पर्श कवितासङ्ग्रह, प्रश्नोत्तर र धर्म संवाद, प्राणायम रहस्यजस्ता कृतिहरू र उद्योग वाणिज्य संघ-नारायणगढ विशेष बुलेटिन लगायतका सबै प्रकाशनहरू तथा अन्य थुप्रै पत्रपत्रिकाहरू आदि ।

साहित्यिक नाम ‘गोर्खे साइँलो’ राख्नुमा कुनै विशेष कारण छ कि?

धन्यवाद। आजसम्मको स्थितिमा नेपालीहरूलाई सन्सारभरि नै वीर गोर्खाली भनेर चिन्दछन् यसैलेगर्दा गोर्खे र साइँलो भन्ने शब्द अन्य देशहरूमा नबोलिने ठेट नेपाली शब्द भएको हुनाले मैले गोर्खेसाइँलो लेखेकोहुँ ।

नेपाली तथा अन्तर्राष्ट्रिय भाषाका साहित्यमा मनपर्ने लेखक को हुन्?

यसरीभन्दा प्रायजसो लेखकहरूका विविध लेखलाई अध्ययन गरेर नै सबैलाई साहित्यमा लाग्ने प्रेरणा मिलेको हुन्छ । यो दुनियाबाट बिदा लिइसकेका स्वदेशी लेखकहरूमा भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, मोतीराम भट्ट, विशेश्वरप्रसाद कोइराला, कवि म वी वी शाह, कविशिरोमणि लेखनाथ पौड्यालआदि स्रष्टाहरूका रचनाहरूले मलाई उत्प्रेरित गरेको हो । अब जीवित लेखकहरू कसैको नाम उल्लेख गरेर अरुलाई चिढ्याउन चाहन्न । वैदेशिक लेखकहरू धेरैका नेपालीमा अनुवादित विश्वसाहित्यका केही पाटाहरू अध्ययन गरेको छु ।

‘गजल’मा विशेष दख्खल राख्नुभएको रहेछ। गजल नै मूख्य क्षेत्र बनाउनुको कारण चाहिं?

जसरी समय परिवर्तनशील छ त्यसैगरी नेपाली साहित्यमा पनि दिनानुदिन केही न केही परिवर्तन भैरहेको नै देखिन्छ । त्यसैले जोकोही मानिसलाई पनि समय गतिरोधसँगै तैरिनु नै ठिक हुन्छ । त्यस्तै यो समयको साहित्यिक माहोल नै गजलात्क परिवेश छ । किनभने गजलले थोरै शब्दमा धेरै ब्याख्यत्मकता र विश्लेषात्मकता बोकेको हुन्छ । यो विधा रसिलो चोटिलो र ग्याहत्मकता माथिको मनोरञ्जनात्मकता मृदुशैली शिष्टताले भरिएको विधा भएको हुनाले पनि सबैले मन पराएका होलान्र र म पनि त्यो मिठासताको लालची हुनपुगेँ छु। र त्यसैको नालीबेली खोज्ने तर्फ मेरो कलम दौडिरहेको हो ।

हालसम्म प्रकाशन गर्नुभएका पुस्तकहरूको बारेमा बताइदिनुस् न।

गजलपथका यात्रीहरू गजलसङ्ग्रह – २०६१ – संयुक्त-लेखन गजल विम्ब गजलसङ्ग्रह – २०६२ – संयुक्त-लेखन गजल यात्रा गजलसङ्ग्रह – २०६३ – संयुक्त-लेखन समयका स्वरहरू कवितासङ्ग्रह – २०६५ – संयुक्त-लेखन सम्मोहन गजलसङ्ग्रह – २०६२ मुस्कान सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह – २०६२ कादम्बरी सूत्रसहित शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह – २०६३ सूत्रमाला सूत्रसहित शास्त्रीय बहरमा आधारित गजलसङ्ग्रह – २०६३ एव म विभिन्न स्मारिका साहित्यिक पत्रिकाहरूमा कविता कथा गजल निबन्ध संस्मरण समीक्षा एव म विभिन्न खोज अनुसन्धान मुलक लेख रचनाहरू प्रकाशित छन् । ती सबै पुस्तकहरू विभिन्न समीक्ष र पाठकहरूबाट पाएको कमेन्ट फिटब्यागबाट म सन्तुष्ठ छु ।

निकट भविष्यमा केही विशेष योजना बनाउनु भएको छ कि?

म पल्लव साहित्य प्र ती ष्ठानको संस्थापक अध्यक्ष हूँ, पल्लवबाट गर्नुपर्ने सम्पूर्ण कार्यभार मेरै हो यसबाट हरेक पुरस्कार वितरण स्रष्टा सम्मानसाहित्य गोष्ठी जस्ता कार्यक्रमहरू गरिरहेकै छु र गरिनै रहने छु । भने करिव ६ महिना अगाडिबाट चितवन गजल माचको अध्यक्षको पदभार मेरै काँधमा रहेको र त्यो प्रतिष्ठानबाट पनि गजल सम्बन्धित विविध कार्यक्रमहरू सम्पन्न गर्ने अविभारा मेरै जिम्मामा रहेको छ ।

नेपाली साहित्य कस्तो क्षेत्रतर्फ उन्मुक्त भैरहेछ जस्तो लाग्छ?

साहित्य भनेको अँधेरी रातको जुन हो । एक्लै हिड्ने अँधेरो बाटोको राँको हो । त्यसैले साहित्य जहिले पनि जीवन र जगतलाई उठाउने प्रत्यक व्यक्ति व्यक्तिलाई सचेत र जाग्रुक गराएर राष्ट्रलाई सही दिशतर्फ उन्मुख गराउने विषय हो । यदा कदा छिटफुटरुपमा हल्का विभाजन देखिए पनि अन्तिम निस्कर्ष त्यही नै हुन्छ।

मोफसलमा सकृय हुनुहुन्छ; मोफसलमा काम गर्दा अलि ओझेलमा परे जस्तो लाग्छ?

अँहँ! मैले त्यस्तो महशुस गरेको छैन किनकि कुनै देशको राजा छ भनेत्यही देशमा मात्रै पुजिन्छ यदि क्वै विद्वान छ भने सर्वत्र पुजिन्छ । मैले थोरै भए पनि साहित्यिक ज्ञानको आर्जन गर्नसकेँ भने त्यसको मूल्याङकन गर्ने सन्सार भरीका पाठक एवम उहाँहरूजस्ता विद्वान र विद्वत वर्गका व्यक्तित्वहरू हुनुहुन्छ ।

हाल इन्टेर्नेटको प्रभावले मोफसल तथा अन्तर्राष्ट्रिय क्षेत्र र काठमाण्डौंको दूरी घटेजस्तो लाग्छ?

बिद्युतीय साचार र इलेक्ट्रोनिक्स पुस्तक एव म आकाशे तरङ्गले सबैलाई केही निकट म सम्बन्ध कायम गर्न खोजिरहेको अनुभव त भएको छ तर सबैले प्रयोगमा ल्याउन सकेका छैनन् ।

आफ्नो मात्रै नभएर अरू श्रष्टाहरूको रचना पनि मझेरीमा सम्प्रेषित गरिराख्नुभएको छ। अरू श्रष्टाहरूबाट अनुरोध आउँछ कि आफैंले सम्पर्क गरेर मगाउनुहुन्छ?

मैले नेपालका ३४भन्दा बढी जिल्लाहरूको साहित्यिक कार्यक्रममा भाग लिसकेको छु । जुसुकै ठाउँमा पनि अग्रज स्रष्टहरूले लेखेका राम्रा रचनाहरू पाए मागेर ल्याउँछु र कहीँ न कहीँ प्रकाशन गर्छु अनि उहाँहरूलाई प्रकाशन भएको जानकारी पनि गराउँछु । किनभने साहित्यमा खारिएर पनि मोफसल भित्रको ओझेलमा रहेका स्रष्टाहरूलाई लाभ हुने गरी नेपाली वाङमयको सेवा गर्न पाउँदा आफूलाई धन्य सम्झन्छु ।

हाल इन्टर्नेटमा निकै साहित्यिक रचनाहरू देखिन्छन्। कत्तिको समय निकालेर पढ्नुहुन्छ?

म त लगभग दिनभरि जस्तो नै नेटमै चलिरहन्छु र राम्रा रचना पाएँ भने डाउनलोड गरेर हल्का चिरफर पनि गर्ने मेरो बानी बसेको छ। यो तपाईंकै मझेरीमा पनि कतै कतै कहिलेकाहीं कमेन्ट गर्न पुगेकै हुन्छु । यो कुरा त यहाँलाई सर्वविदितै होला ।

मझेरीलाई तपाईंले कस्तो मूल्यांकन गर्नुभएको छ?

नेपाली रचनहरू प्रकाशनमा ल्याएका साइटहरूमा मझेरी डट कम जति फराकिलो रचना भण्डार अरु कुनै पनि साइट छैन । तसर्थ यसको गति अग्रस्थामा भएको महशुस गरेको छु ।

मझेरीलाई अँझ प्रभावकारी बनाउन केही सुझाव छ कि?

यहाँहरूको ब्यस्तताले गर्दा रचनाहरू अध्ययन गर्न नभ्याएर पनि होला कुनैकुनै समय नेपाली जीवन र जगतलाई नपच्ने अलि अश्लिल पनि प्रकाशमा आएका छन् त्यसलाई निराकार गर्ने र अगाडि होम पेजमा रचनाको स्तर अनुसार नै समय दिने गर्दै गए बेस हुन्थ्यो कि जस्तो लाग्छ ।

मझेरीका संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

जुन अग्रजहरूले मझेरीमा अग्रस्थान प्राप्त गर्नुभएको छ। उहाँहरू निरन्तरता एव म साहित्याकाशमा या मझेरी मै पनि नवप्रवेशीहरूले लगनशीलता कायम राख्न र पाठक वा समीक्षज्यूहरूले सही कमेन्टगरी दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

अन्तमा, सोध्न बिर्सिएका तर छोड्न नहुने केही प्रसंग छन् भने बताइदिनुहोस् न।

त्यसरी केही छुटेको जस्तो त लागेन तर पनि म जस्तो एउटा साहित्यको विद्यार्थीको अन्तर्वार्ता लिएर मझेरी जस्तो ठूलो नेपाली रचना भण्डारमा प्रकाशन गर्नलाग्नुभएकोमा तपाईं कुमार सिंखडा भाइ लगायत सम्पूर्ण मझेरी डट कम परिवारलाई हार्दिक कृतज्ञता जाहेर गर्दै धन्यवाद भन्न चाहन्छु । धन्यवाद ।

3 thoughts on “मझेरी भलाकुसारी, अंक ०१ (गोर्खे साइँलो)”

  1. गोर्खेज्यू,
    अन्तर्वार्तामा

    गोर्खेज्यू,

    अन्तर्वार्तामा सामेल हुनुभएकोमा धन्यवाद छ। यहाँको साहित्यिक गतिविधिबारे जानकारी पाएर हाम्रा अन्य लेखक तथा पाठकलाई केही सकारात्मक सन्देश पुग्नेछ भन्ने आशा गरेको छु। भविष्यमा पनि यहाँको सकृय सहभागिताको अपेक्षा गर्दछु।

  2. Rishi DAi ,majheri.com maa
    Rishi DAi ,majheri.com maa interview padhna pauda khushi lagyo.
    Kumar Jee , agami din ma pani srasta haruko interview srinkhala prakashit garnu hunechha bhanne Asha rakhdachhu. Majheri.com sabai Ko saathi baneko chha. Agami din ma nirantarata hos.

    Prakash Poudel maila

  3. बधाई छ गोर्खेसाइँलोलाई
    बधाई

    बधाई छ गोर्खेसाइँलोलाई

    बधाई छ गोर्खेसाइँलोलाई, मुरी मुरी धन्यवाद छ मझेरी डट कम परिवारलाई । जन्म धर्तिभन्दा धेरै टाढा गएर बसे पनि आफ्नो नेपालीपना झल्काउने सक्षम हुँदै आएको यो मझेरी डट कमले हाल सम्म आफ्ना पाठकहरुलाइ साहित्यिक रसास्वादनमात्र गराउँदाको अवस्थामा यस्तो प्रकारका रचना गर्ने स्रष्टा को होला भनेर जुन कौतुहलता जागृत हुन्थ्यो । अव ति लेखकहरुको बारेमा खोतलखातल गरेर लिइएको अन्तर्वार्ता पनि प्रकाशन गर्नुले मझेरी डट कमले अझै एक खुड्किलो उक्लेको भान भैरहेको छ ।
    विगत देखी नै यो मझेरी डट कममा विभिन्न किसिमा खोज अनुसन्धान मुलक लेखहरुदेखी बहरका गजल र छन्दमा लेखिएका कविताहरु पढ्दै आएका हामीपाठकहरुको अगाडि लेखकगजलकार भनौँ वा साहित्यकार गोर्खेसाइँलोको अन्तर्वार्ता प्रकाशन गरेर हामी मझ उहाँका दृश्यान्त छर्लङ्ग परिदिनु भएकोमा मझेरी डट कमलाई हार्दिक धन्यवाद दिदै यस्तै अन्य विशिष्ट स्रष्टहरुका भलाकुसारीहरुपनि पढ्न पाउने आशा बोकेको छु ।

    श्यामानन्द पुँडासैनी सात दोवाटो काठमाण्डौ ।
    नियमित मझेरीको पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *