तिम्रा हरेक गल्लीहरू ढुक्ने बनायौ
दुनियाँको सामु आज लुक्ने बनायौ ।
तिमी बन्यौ महान नारी एक्कै पलमा
मलाई भने पाईलै पिच्छे चुक्ने बनायौ ।
भन्थ्यौ घाउ भयो भने मलम बनिदिन्छु
तर आज बिना घाउ दुख्ने बनायौ ।
सगरमाथाभन्दा पनि उच्च भावनालाई
आज तिम्रै समाजभित्र झुक्ने बनायौ ।
छैन रैछ तिमीभित्र मानवताको कसी
भुल्यौ हिड्ने बाटो मलाई थुक्ने बनायौ

ब्यर्थै अर्का गल्लीहरु
ब्यर्थै अर्का गल्लीहरु नढुक्नु है हजुर
लड्नु पर्छ दुनिया बिच नलुक्नु है हजुर
मनमा जति पीडा भएनि सहनु त पर्छ-पर्छ
सानो तिनो घाउमै आफु नदुखनु है हजुर
दाजु गजल राम्रो छ तर पीडा अली बडीनै भयोनी हैन? के तपाई पनि म जस्तै पुरै घायल भैसक्नु भएको होर????