मेरो भुल रहेछ
कहिलै नसुक्ने माया तिम्रो मूल रहेछ
सुकीजाने खोलिमा खोजे त्यो त मेरो भुल रहेछ
पराइ लाई गरि बिस्वाश उसकै भर पर्दा
बदलामा पिडा पाए उसलाई माया गर्दा
कहिलै नझर्ने माया तिम्रो जुन रहेछ
झरी जाने तारामा खोजे त्यो त मेरो भुल रहेछ
चोखो माया बुझिन तिम्रो पाए आज आशु
तिमीलाई भेट्दा बाटोमा कसरि म हासु
सुगन्धित माया तिम्रो गुलाबको फुल रहेछ
सुगन्ध नदिने पलासमा खोजे त्यो त मेरो भुल रहेछ
दिलु थापा
