बीपीको महिमा बिचार गतिको क्यै पोख्न खोजेँ यहाँ
आफैँ त्यो शुभ नाम नै अमर भो संसारको माझमा ।
निक्कै कष्ट हुँदा सधैँ अघि बढे ती पाचका झेलमा
रच्थे जाल सधैँ फसाउन भनी थुन्थे सधैँ जेलमा ॥
युद्धैको जन-घोषणा जब गरे गाह्रो थियो कार्यमा
पाचै थर्रभए उसै बखतमा मत्दान भो राज्यमा ।
सालै छत्तिस जेठमा जनमतै साह्रै भयो धाँधली
राम्रो शासन गर्दछौँ अब भनी बोले अझै अर्धली ॥
राणा शासन अन्त भा पनि चल्यो पाचायती शासन
आस्थाका बलिया थिया तरपनि कम्जोर उनको तन ।
स्वास्थ्यै ठीक थिएन तापनि यहाँ सङ्ग्राम छेड्नै थियो
धेरै तर्क हुँदै थियो जन बिचै यै कालले छल्दियो ॥
यौटै सोच थियो अगाडि उनको त्यै काम बाँकी रह्यो
त्यै यौटा अभियान थ्यो युगभरी सो कार्य पूर्णै भयो ॥
यौटै माग गरॆ मिलेर जनता सारा जुटे त्यै घरी
आयो चाल यहाँ सुधार गतिलो पाचै त भङ्गै गरी ॥
उन्को लक्ष पुरा भयो अब यहाँ नेपाल प्यारा भए
जस्तो राज्य महाँ घटे दिनहरु उस्तै उतारी दिए ।
यस्तै धेरकुरा रचेर उनले लेखे सबै सारमा
सोही कारणले बसे उनि सधैँ यै राष्ठ्रको आत्ममा ॥
लेखेछन् कविले कथा र कविता जेल्मै नियात्रा पुरा
नेपाली जनले पढेर घरको बुझ्ने छ सारा कुरा ।
तानाशाह थियो खुलेर रचना लेख्नै नमिल्ने गरी
त्यस्तो संकटमै रचेर रचना थाक्दै नथाक्ने कवि ॥
इच्छा एक समाजवाद जनमा छाड्ने इरादा थियो
लेखी आत्मकथा बिचार मनको जे भन्नु पर्ने थियो ।
गाई गोठ महाँ हओस झुपडी जस्तै गरिव्को पिन
यस्तो सोच थियो उडी तनगयो इच्छा अधूरै बनी ॥
लेखेछन् अझ जेल-जर्नल भनी जेल्मै पुरा रातमा
दोषीचस्म भयो सु-किर्ति उनको तीन्बास कै साथमा ।
छाडी धेर अनेक लेख – रचना आफू बिदा भै गए
उन्कै दर्शनका थिए जतिकुरा केही प्रकासित् भए ॥
मान्छेको् अधिकार खोजिन भनी नेपालका खातिर
नेपाली सबमा पुकार उनको स्वीकार भो आखिर ।
उन्कै मेल-मिलाप नीति पगरी स्वीकार यो मन्त्र भो
हो हामी सबको यही मनसुवा राम्रो प्रजातन्त्रको ॥
राजाको अब छैन बोझ बुझलौ गद्दी त खाली भयो
चर्को शासन त्यो सहेन जनले छोडेर भाग्नै पर् यो ।
बीपीका सपना सकार हुनगो यो देश बन्ने थियो
आएको गणतन्त्र यो सफल भै नेपाल बन्ने थियो ॥
शार्दूल विक्रीडित छन्द म स ज स त त गु
१९ अक्षर ऽऽऽ.ऽ॥.ऽ।ऽ.।ऽऽ.॥ऽ.ऽ॥.ऽ १२। ७ मा विराम
विशालमार्ग नारायणगढ चितवन ।
E-mail: psp195 @yahoo.com
gorkhesailo@yahoo.com
