Skip to content

धनि बाउको छोरा हुँ म
बिग्रेको मति,
नया मोडेल बाइक छ मेरो
गोजीमा छ हाती !

धर्म कर्म थाहा छैन
न त थाहा छ संस्कार
गल्ली गल्ली लुट्दै हिंड्छु
गर्दै हिड्छु तस्कर !!

शिवा मन्दिर साँझ पस्छु
तान्दै बस्छु भाङ्
भाको पैन्ट च्यातेर
गर्दै हिड्छु स्वाङ् !!

केटी भए पुग्छ मलाई
परे परोस नाता,
मैले भने मान्नु पर्छ
नत्र हान्छु लात्त !
मलाई सामो देखे पछी
सबै डरले रुन्छन
देशकै नेता बाउको साथी
कसले मलाई छुन्छन !!

यो देखेर पुलिस झन्
नजिकको साथी हुन्छन …………..

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *