आज कृष्ण को जन्मदिन, त्यसैले कृष्ण को बारेमा केहि लेख्न मन लाग्यो मलाई ।
कृष्णलाई अझै पनि हामीले “पापी” भनेरै चिन्ने गरेका छौ । त्यसैले यस गजलमा पनि पापीको प्रयोग गरेको छु यदि अन्यथा लागे पापी को सट्टामा तिमी राखेर पढ्नु भए पनि हुन्छ ।
राधा मात्र एक्लो छान्न सक्ने कृष्ण पापी
सोर सय गोपिनी तान्न सक्ने कृष्ण पापी
अप्सराहरु के गरेमा फसिन्छन मायाजालमा
सबै मनका कुराहरु जान्न सक्ने कृष्ण पापी
मान्नै पर्छ त्यतिलाई बराबर माया दिई पनि
एउटी हैन सोर सय धान्न सक्ने कृष्ण पापी
भागी जालान भनि मोहनी जालमा पारीकन
मायाको डोरीले कसि बान्न सक्ने कृष्ण पापी
देउता भैकन फसाएर सिधा सोझा परीहरु लाई
सत्ययूगी देउता आफै ठान्न सक्ने कृष्ण पापी
एउटीले त पुग्दैन अरे मजा यो जीबनमा भनि
जसलाई पायो नजर हान्न सक्ने कृष्ण पापी
