Skip to content

“म बन्न चाहन्न” (निराशावादी कविता)


म कार्ल मार्क्स,
फ्रेडरिक एंगेल्स बन्न चाहन्न ।
किनकि,
आज त्यो पूजीवादको सिद्दान्तलाई,
उल्टो तरिकाले,
व्याख्या गर्न थालिएको छ ।
सर्वहारा मजदुर, किसान वर्गको नाम बेचेर,
सस्तो, झुटो राजनीतिको शुरुवात भएको छ !!

म लेनिन बन्न चाहन्न,
रुसी कम्युनिष्ट पार्टी बोल्शेभिक गठन गरेर,
सर्वहारा, मजदुर वर्गको नेतृत्व गर्न चाहन्न ।
गरिब, किसान,
अनि मजदुरवर्गको नाम भजाएर,
सुबिधा भोगी पार्टीहरुको बिगबिगी भएको छ !!

म महात्मा गान्धी बन्न चाहन्न,
अहिंसावादी,
स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्न चाहन्न ।
सम्पूर्ण संसार,
जुन सुकै राष्ट्र पनि हिँसामय भएको छ ।
हतियार र पैसाको बीचमा,
मानिसका अहिंसावादी सोचाई,
ओझेल पर्दै, गान्धीजीका विचारहरु हराउदै गएको छ !!

म चिनिया कम्युनिष्ट नेता,
माओ त्सेतुंग बन्न चाहन्न ।
लाखौ गरिब किसान,
मजदुर वर्गलाई संगठित गरेर,
बिशाल चीनका जनताहरुलाई,
एक छातामुनी राखेर ।
अहिलेको समृदीशाली,
बिकशित चीन बनाउन चाहन्न ।
आफै खाउ, आफु मात्र बनौ,
भन्ने भावना बढेर गएको छ !!

म दक्षिण अफ्रिकी नेता,
नेल्सन मण्डेला बन्न चाहन्न ।
जनताको स्वतन्त्रताको लागि,
लड्ने योद्धा बन्न चाहन्न ।
नेल्सन मण्डेला,
जस्ता महान व्यक्तिका बिचारहरुलाई,
मानिसहरु,
आफ्नो खल्तीमा पोको पारेर राखेका छन् ।
यो एउटा पुरानो कहानी, आख्यान जस्तो भएको छ !!

म म्यान्मारकी नेत्री,
आंग सांग सुकी बन्न चाहन्न ।
पार्लियामेन्टमा,
बहुमत ल्याएर चुनाव जिते पनि के भो ?
आफनै घरमा,
सैनिक शासकबाट नजरबन्द हुनु परेको छ ।
संसारका,
अरु देशले आंग सांग सुकीलाई छोड भने कै हो,
तर म्यान्मार सैनिक शासक,
कानमा तेल हालेर बसेको छ !!

मे २०१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *