हिजो-आज फेरियौ रे भन्नै पर्ने भा’को छ
लामो कुरा गर्छु भन्दा सातो किन गा’को छ
संसार यो तिम्रो मात्र पेवा हुँदै होइन
बोल्न सक्ने बेला-बखत् हाम्रो पनि आ’को छ
सिधा-सादा मानिसको जमाना नै छैन
बेइमानले इमान् सब बेची पनि खा’को छ
आयो भन्छन् लोकतन्त्र कहिँ कतै देख्दिन
सुख-शान्तिमा नजर खै कसले ला’को छ
