नाता हाम्रो के भनौं र, तिम्रै मनको थिएँ मीत
आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित
मनका कुरा गुम्सिएका, पठाउँथें खामभित्र
जप्थें दिनमा हजारचोटि, के रैछ त्यो नामभित्र
दु:ख लिइ जिन्दगीका, खुशी सारा दिएँ कि त
आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित
तड्पाउन नि जान्ने कति, सास पनि फेर्न गार्हो
देख्न आँखा टोलाइरहने, फर्की तिमीलाई हेर्न गार्हो
देखी मेरो दु:खी जीवन, विरहका रचिए गीत
आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित
मुटुभित्र मेरो पनि, माया थिए कति-कति
गुनासो त्यो होला भनी, दिएँ तिमीले भनेजति
सँगालेर राखुँ भन्थें, दोबाटोमा छरिए प्रीत
आक्कल- झुक्कल भेटघाट, सम्झना भो नियमित …
