Skip to content

अनेसास, जापानको भानु जयन्ती, २००८

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापानबाट निम्न कार्यक्रमको तय भइरहेको छ। इच्छुक साथीहरुलाई उपस्थितिको लागि अनुरोध छ।

कार्यक्रम-भानु जयन्ती, १३ जून २००८ टोकियोमा दिउसो २ बजेबाट

साथमा सम्मान कार्यक्रम छ। कार्यक्रमको विस्तृत रुपरेखा अनेसास जापानबाट औपचारिक जानकारी आएपछि राखिनेछ।

4 thoughts on “अनेसास, जापानको भानु जयन्ती, २००८”

  1. अन्तरराष्ट्रिय नेपाली साहित्य
    अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले भानु जयन्ति मनाउने

    बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि अनेसास जापानले १९५औ भानु जयन्ति बिशेष कार्यक्रमका बीच आगामी २७ तारिख आईतवार आयोजना गर्न लागेको कुरा सहर्श जानकारी गराउन चाहन्छु ।
    साहित्यमा रुची राख्नुहुने महानुभावहरुलाई सम्भव भए सम्म लेख-रचनाको साथमा उपस्थित भईदिनुहुनकोलागि आग्रह गर्दछौ । साथै साहित्यलाई माया गर्ने अन्य सम्पूर्ण स्रोता लगायत् सहित्यानुरागी महोदयमा हार्दिक उपस्थितिकालागि अनुरोध गर्दछौ ।
    जुलाई २७ तारिख आईतवार टोकियो स्थित सेइयु बिल्डिङ, ओमोरी ५औ तला (शक्ती रेस्टुरेन्ट)मा बेलुकी ५ बजे बाट आयोजना हुन लागेको कार्यक्रमबारे थप जानकारी आबस्यक परेमा ईमेल inlsjpexcom@googlegroups.com अथवा फोन नम्बर ०८० ६६३९ ३१३२ मा संपर्क गर्नुहोला । उक्त दिन रचना बाचन कासाथमा कृति बिमोचन समेत गरिने कार्यक्रम रहेको छ ।
    उपस्थित हुन असमर्थ स्रस्टाहरुको रचना पनि बाचनगरिने भएकोले इत्छुक महानुभाबहरुलाई rachanasankalan@googlegroups.com मा ईमेल मार्फत प्रेशण गर्नुहुन पनि अनुरोध गर्दछौ ।

    आलोक चालिसे
    सहसचिब
    अनेसास जापान

    1. सचेत गराइदिनु भएकोमा धन्यवाद
      सचेत गराइदिनु भएकोमा धन्यवाद । कार्यक्रम स्थलको ब्यबस्थापन समस्याका कारण कार्यक्रम आगामी २७ जुलाई, आइतबार बेलुका १७ बजे तय गरिएको छ ।

      साथै रचनाका साथ उपस्थिती कोलागि सम्पूर्ण सर्जक मित्रहरुलाई अनि , अन्य सम्पूर्ण स्रोता लगायत् सहित्यानुरागि महोदयमा हार्दिक उपस्थितिकालागि बिनम्र निबेदन गर्दछु ।

      ” भानु जयन्ती तथा पुस्तक बिमोचन समारोह ”
      मिती : २००८ जुलाई २७ तारिख आईतवार
      स्थान : सेइयु बिल्डिङ, ओमोरी ५औ तला । शक्ती रेस्टुरेन्ट
      समय : बेलुका ५ बजे

  2. श्री अध्यक्ष्यज्यू –
    श्री अध्यक्ष्यज्यू – सम्पादकज्यू,
    साथमा रहेको समाचार तपाईंको लोकप्रिय संचार माध्यम मार्फत प्रसारन गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

    अनेसास जापानको आयोजनामा भानु जयन्ति सम्पन्न

    टोकियो, जुलाई २७
    अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा १९५ औ भानु जयन्ति तथा त्रितिय साहित्य श्रीन्खला प्रमुख अतिथी बिमल कोइराला ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा उपस्थित तथा अनुपास्थित कबी कबयित्रीहरुको रचना बाचन् गरिएको थियो । अनेसास जापानको कोसाध्यक्ष्य यसोदा थापाज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम अनेसास केन्द्रिय अद्यक्ष्य डा कुमार बस्नेत, एन आर एन जापानका अद्यक्ष्य भबन भट्टको अतिथ्यमा सम्पन्न भएको थियो ।

    नेपाल निप्पोन रिसर्च सेन्टर द्वारा पेन नेपालकालागि प्रधान सम्पादक राम कुमार पाण्डे तथा सम्पादक प्रकाश पौडेल माइला रहनुभएको नेपाली हाइकु पत्रिकाको बिमोचन प्रमुख अतिथीज्यूबाट सम्पन्न भयो । बिमोचन पस्चात सम्पादक माइलाले हाइकु सम्बन्धी कार्यपत्र प्रश्तुत गर्नु भयो ।
    रचना बाचन् गर्नेहरुमा धिसन निरौला,अलोक चालिसे,देबी बहादुर इङ्नाम,पुषकर जङ थापा, सुस्मा ओमाता,प्रकाश पौडेल माइला,छक्कु उदाशी,जित बहादुर सापकोटा,सशी बिक,दिनेश राज ग्यवाली, लगायतका रचनाकार हुनुहुन्थ्यो । त्यस्तै हुलाक मार्फत रचना सम्प्रेशन गर्नुहुनेहरुमा नागोया जापानबाट बसन्त प्रकाश गौतम,काठमाडौं बाट प्राद्यापक राम कुमार पाण्डे, सिता शर्मा आदि हुनुहुन्थ्यो ।
    कार्यक्रममा अनेसास जापान र यसका साहित्यिक गतिबिधिका बारेमा अतिथी अनेसास केन्द्रका अद्यक्ष्य कुमार बस्नेत ,एन आर एन जापानका अद्यक्ष्य भबन भट्ट तथा प्रखर बक्ता सुर्य पाठकले भानु भक्तको साहित्यिक योगदानबारे प्रकाश पार्दै बिदेशमा नेपाली साहित्यको लागि भएका योगदान बारे चर्चा गर्नु भयो । कबिता बाचन सँगै कुमार सिम्खडाले नेपाली साहित्यका पाठकका लागि अन्लाइन साहित्य सङ्रह मझेरी {www.majheri.com} कोसुरुवत गरेको जानकारी दिनुभयो । लामो समय देखी नेपाली भाषा र सस्क्रितीको लागि नेपाली लोक न्रित्य, रेडियो कार्यक्रम तथा बाल क्लब मार्फत योगदान पुर्‍याइ रहेकी जापानी नागरिक युको मल्ल ओकामोतोले नेपाली कला र भाषामा निरन्तर लागिपर्ने बताउनुभयो ।

    समाजका महासचिब दिनेश राज ग्यवालीको सन्चालन रहेको उक्त कार्यक्रममा आलोक चालिसेले स्वागत मन्तब्य राख्नु भयो ।

    आलोक चालिसे
    सहसचिब
    अनेसास जापान


    ——————————————————–
    भाषा-साहित्‍य, कळा र सँस्‍कृतिको जगेर्नाका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *