Skip to content

एकनास आइरहेको आवाजले रामबहादुर मगर उर्फ कमरेड अजय ब्यूँियो। उसले आˆनो छाप्रोमा एउटा पुरुष र अर्को महिला स्वर कानेखुसी गरिरहेको सुन्यो। पहरेदारहरू छन्, बाहिर बत्ती पनि बलेको छ; तैपनि यी दुईजना कसरी त्यो छाप्रोमा घुसेर सँगै बस्न सकेका होलान्! आवाजैले उसले मान्छे चिन्यो’ दले र पार्वती रहेछन्।

त्यो छाप्रोमा ६ जना सुत्ने गर्दथे। दुई जना भागिसकेका र तीन जना विदा मागेर घर गएकाले आज रातका लागि ऊ एक्लै थियो। एकैछिन्मा दले र पार्वतीको खासखास् खुसखुस् यौनक्रीडामा परिवर्तन भयो। उनीहरूबाट निस्केको उत्तेजक आवाजले उसलाई पनि आˆनी प्रेमिका कमरेड सृष्टि उर्फ कमलीको सम्ना गरायो।

हो, कमली हँसिली थिई, हृष्टपुष्ट थिई र उसलाई माया गर्थी। आँटिली थिई। रूख चढ्ने, भारी बोक्ने, कुद्ने गर्थी र युद्धमा अगाडिको पंक्तिमा बसेर सबैलाई नेतृत्व गर्थी। त्यति गर्दागर्दै पनि एकान्त मिलाएर उसलाई भेट्थी र भन्थी’ “नयाँ सत्ताले विजय पाएको दिन हामीहरू घरजम गरौँला, कमरेड अजय। अहिले मुलुकको मुक्तिका लागि हामीले हाम्रो जीवन, हाम्रो व्यक्तिगत प्रेम, र हाम्रो स्वार्थको बलिदान गर्नैपर्छ। यो मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको यात्रा हो, जहाँ हामीले हिम्मत हार्नुहँुदैन।” यति भन्दाभन्दै ऊ कहिले अँगालो मार्न, कहिले म्वाइँ खान त कहिलेकाहीँ सँगै रात काट्न पनि आइपुग्थी।

ऊ साँच्चै व्यवस्थित थिई, बाठी पनि थिई। सँगै रात काटेको बेला कसेर अँगालो मार्थी र शरीर भरी चुम्थी। ऊसँगको प्रेम, यौन, वार्ता, युद्ध र परेड सबै रमाइलो हुन्थ्यो। ऊ भन्थी, “अजय, मलाई तिम्रो सन्तानको आमा हुने रहर छ। भन्छन् आमा नभइकन महिलाको जीवन पूर्ण हुँदैन रे! म पनि आमा हुन चाहन्छु। तर अजय हाम्रो मुक्तिको लागि मैले कोखमा बच्चा हुर्काउन सक्दिनँ। मैले एसएलआर र सकेट बम भिर्नै पर्छ। म बारुद र बच्चा एकै पटक बोक्न सक्तिनँ। मैले मेरो सन्तानले लड्नै नपर्ने गरी अन्तिम युद्ध लड्नु पर्छ। यो सामन्ती व्यवस्थामा हामी जिउँदै भएपनि मृत्यु घिसारिरहेका छौं। त्यसैले मर्नै परेपनि एउटा ओजपूर्ण मृत्यु मर्नुपर्छ र शहीद हुनुपर्छ।”

कमरेड अजय अर्थात् रामबहादुर मगरले आइएसम्म पढेको थियो। काम खोज्दै भारततिर जान लाग्दा उसलाई बाटोमा एकजनाले छापामार हुन सम्ाएको थियो, “तिमी भारतको दरबान हुनुभन्दा त हाम्रो भर्तीमा आउनु नि! यो नयाँ सत्ताको भर्ती हो। यसले नयाँ नेपालका लागि युद्ध गर्नेछ। तिमीले खाने, पिउने, लाउने कुराको चिन्ता गर्नुपर्दैन। तिम्रो घरमा महिनाको तीन हजार रुपैयाँ पनि पठाइदिन्छौँ।”

भारतमा काम गर्न हिँडेको रामबहादुर मगरले त्यसबेला उसले भनेको धेरै कुरा बुेको थिएन। उसले सीधा’सीधा दुई वटा कुरा बुझ्यो’ ‘खानलाउन फ्री, घरमा महिनामा तीन हजार।’ त्यही आशामा उसले भर्तीमा आउन मान्यो र क्रमशः ऊ युद्धका निम्ति प्रशिक्षित हुँदै गयो। एउटा मानसिक तयारी, दोस्रो हतियार चलाउने प्रशिक्षण!

उसले तीन वटा हमलामा महŒवपूर्ण भूमिका निर्वाह गरेको थियो। उसले आˆना धेरै साथीहरूलाई आँखा अगाडि ढलेको देख्यो। कतिको लास आफैँले पुर्‍यो। एउटा युद्धमा उसले कमरेड सृष्टिको नेतृत्वमा काम गरेको थियो। सृष्टिलाई खुट्टामा गोली लाग्दा उसले बोकेर कुदाएको र पछिसम्म उसको स्याहार गरेको थियो। सृष्टिसँग परिचय र प्रेम एकै पटक भयो। विस्तारै सुरक्षित यौन सम्पर्क पनि। कमरेड सृष्टिको प्रेमले उसलाई अै युद्धमा आकर्षित गर्‍यो। उनीहरू धेरै ठाउँमा सँगसँगै लड्न थाले।

तर अफसोच, इलामको युद्धमा भने उसकै अगाडि कमरेड सृष्टिलाई गोली लाग्यो। अजयले पहिले जस्तै बोकेर कुदायो। चियाबारीमा कुद्न त्यति सजिलो थिएन। एउटा गोली उसको हातको औँलामा पनि लागेको थियो। तर, यसपालि उसले सृष्टिको स्याहार गर्न पाएन। अब कहिल्यै पाउने छैन पनि। अरू बेला अरू कमरेडहरूलाई जस्तै, सरकारी कार्यालयहरू भएको डाँडामा, हमला पूर्व खनेको खाल्डोमा आफैँले ण्डासहित उसलाई पुर्‍यो। अहिले ऊ सृष्टिको सम्नालाई उत्खनन् गर्दैछ, क्यान्टोनमेन्टको छाप्रोमा बसेर।

उता दले र पार्वती सुस्ताइसकेका थिए। अजय आफैँलाई सोध्दैछ’ ‘मैले लडेको जनयुद्ध केका लागि थियो? अहिले युद्ध नगर्नु पर्ने किन? के हाम्रो मिशन पूरा भयो? कसरी र किन म यो क्यान्टोनमेन्टमा छु? अनि कहाँ छ सृष्टिले भनेकी नयाँ सत्ता? र, कहाँ छ नयाँ नेपाल?

हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *