जय जय शिव शम्भो त्रिनेत्रकारी
शीर गंगा चन्द्रमा जटा मुकुट धारी
शिव तिम्रो आराधना हुन्छ कल्याणकारी
सवल सृष्टि माथि हामी हुन्छौ सदाचारी
शिव शिवाको आराधना जो कोहीले गर्छ
उस्को रोगव्याधी दुःखकष्ट हट्छ महामारी
तिमी नै हो अभिकीलक कल्याण आधार
श्रापरूपी कीलकका हौ निवारणका सार
तिमीबाटै सिद्ध हुन्छन् सबै वेदका धारा
तिमीले नै लगाइ दिन्छौ संसारबाट पार
जय जय शिव शक्ति तिम्लाई नमस्कार
शिवशिवा संयुक्तता समताको आकार
तिम्रो आराधना गर्दा आउँछ सम्पूर्णता
सम्पूर्णरूपलाई हामी पार्नु पर्छ साकार
संसारको कल्याणार्थ दियौ देवी पाठ
यै पाठको ज्ञानपढी हिड्यौं बाटैबाट
तिमीबाटै देवीस्तोत्र हुन गयो जन्म
संसारिक चक्रचल्न चाहिन्छ है लाठ
शिव-शिवा स्तोत्र पढौं सारालोकमा
आफ्नै पन शक्ति भरौं आफ्नै तनमा
शिवजीले दिनु भयो देवी स्तोत्र पाठ
संचार हवोस् स्तोत्र सारा जनजनमा
सातबारको सृष्टि पनि तिमीले नै गर्यौ
धनधान्य प्राप्त गर्न लक्ष्मीजीलाई सार्यौ
सोमबार गर्नु राम्रो लक्ष्मीजीको पूजा
रोग मुक्ति चाहिएमा गर्नु काली पूजा
कालीपूजा फलदायी हुन्छ मंगलबार
नवदुर्गा भवानीमा दियौ सबै अधिकार
संध्याको तपबाट जब साह्रै खुसी भयौ
मनबान्छित वर दियौ बनी सदाचार
ब्रह्मालाई अधिकार सृष्टि गर्न दियौ
सृष्टि–शक्ति विभूति तिमी आँफै थियौ
ब्रह्माले अञ्जुलीमा पानी चढाइ दिए
त्यसैबाट अण्डालाई प्रकट बनाइ लियौ
अण्डा थियो कस्तो भने जडरूपधारी
चौबीस तत्व–समूहको निर्माणको भारी
ब्रह्मा परे अचम्ममा गर्न थाले तप
ब्रह्मा अघि प्रकट भए विष्णु कल्याणकारी
ब्रह्माजीले भन्नु भयो अण्डा अचेतनको
विष्णुजीले सोच्नु भयो अण्डा सचेतनको
अनन्तरूप–आश्रयको साथ लिइ विष्णु
अण्डाभित्र प्रवेश गरे फार्न विचेतनको
जब विष्णु अण्डाभित्र प्रवेश गर्नु भयो
अण्डाको चौविस तत्व सचेतनमा गयो
विष्णु थिए विराजमान व्याप्त रूपलिई
पातालदेखि सत्यलोक यस्ले स्थान धर्यो
सुरम्य कैलाश नगर निमार्ण कर्ता तिमी
अविनाशी कैलाशधामको पूजा गर्छौ हामी
ब्रह्माजीले सबै सृष्टि गरे तिम्रै आज्ञाबाट
विविधता कर्महरू हुन्छन् प्रत्येक दिनरात
यज्ञदत्त कुमारलाई तिम्ले कुवेर पद दियौ
मित्रता नै कायम गरेऊ उनै कुवेर साथ
सतीसँग विवाह त तिमीबाटै भयो
दण्डकारण्यमा रामसँग भेट हुन गयो
शिवाजीको सन्देहले परीक्षा नै लियो
विष्णुरूपी राम हुन् भन्ने प्रमाण थियो
जिद्धि थियो शिवाजीको पति शिवसँग
शिवजीको मनबाटै शिवा त्यागी दियो
विष्णुलाई गोलोक धाममा आमन्त्रण गरी
गोपेश पदले अभिनन्दन गर्यौ सरासरी
दक्षले अहम्भइ तिमीलाई जब श्राप दिए
नन्दीक्रोधलाई शान्त पार्यौ धैर्यता नै धरी
तिमी नै हौ यज्ञरूप तिमी यज्ञकर्म
तिमीबाटै चलेको छ त्रिलोकी धर्म
तिमी नै हौ यज्ञआत्मा यज्ञ अंगभूत
तिमी नै हौ सर्वेसर्वा बुझ्ने यज्ञ मर्म
तिम्रा भक्त अमिट छन् दधीचिको रूप
यज्ञ पनि त्यागि दिन्छन् तिम्रै लागि खुप
दक्ष यज्ञ हुन गयो नदिई तिम्लाई भाग
दधीचिले विरोध गरे लागेनन् त्यहाँ चुप
तिमी हौ कपालधारी दक्ष तिरस्कारी
शिवा थिइन् तिम्रै पत्नी तिम्रै आज्ञाकारी
शिवालाई थाहा लाग्यो दक्षजीको यज्ञ
शिवाले आज्ञा मागिन् हुनलाई सवारी
सबै देव बिराजमान साथै ऋषि पनि
सबै जना जाँदै थिए दक्ष यज्ञ भनि
शिवा देख्छिन् यज्ञमा छैन शिव भाग
अधुरो यज्ञ भयो भन्छिन् शिवा अनि
दक्षद्वारा यो यज्ञमा शिव निन्दा भयो
शिवाद्वारा शिव निन्दा सुन्नमा नै गयो
सह्य भैन शिवालाई योगाग्निमा पसिन्
हाहाकार भइ यज्ञ संकटमा रह्यो
शिवजीलाई थाहा लाग्यो
खवर सुन्दा संका जाग्यो
नारदले खवर ल्याए
क्रोद्धाग्निले मन नै दाग्यो
शिवजीका जटाबाट निस्के दुई शक्ति
शिवजीको चरणमा गर्न थाले भक्ति
एक थिए वीरभद्र अर्की महाकाली
महाकाली हेर्दा लाग्ने श्यामवर्ण रक्ति
दक्षयज्ञ भष्म गर्ने तिम्रा आज्ञा थिए
दुबै जना आज्ञालाई शीरोधारी लिए
कोही रोक्न अघिसरे भष्म पारिदिनु
आज्ञा शिरोधार्य गरी लड्ने हाँक दिए
सोम सूर्य अनि अग्नि तिम्रा तीन नेत्र
तिम्रो लीला संसारमा महान् वृत्तचित्र
दक्ष अनि देवताले उत्पात् सूचक पाए
वीरभद्र काली पुगे अनि भो विचित्र
विष्णुको आराधना दक्षले गर्न थाले
दक्ष–मूढ प्रवृत्तिमा सबै जल्न थाले
विष्णु भन्छन् शिवजीको शरणमा जाउ
शिवद्रोहजनित संकट टारिदैन टाले
शिवगण प्रवेश गर्यो यज्ञ भाग भित्र
घमाशान युद्ध भयो देखिन्थ्यो विचित्र
वीरभद्र अघि सरे दक्ष शीर चुडे
यज्ञमा होमन गरी पूर्ण गरे क्रीत
दधीचिलाई वर दिने तिमी महान् ज्ञाता
दक्षलाई पुनर्र्जीवन दिने तिमी प्राणदाता
दक्षले पुनर्जीवन प्राप्त गरी यज्ञ गरे पुरा
सती जन्मिन् पार्वती भै मेनका हुन् माता
दक्षको शीर भने बाख्राको भयो
दक्षको अब भक्ति शिवमा गयो
शिवको शक्तिलाई दक्षले जाने
शिवको शक्तिलीला अचम्को छ यो
तिमी नै हौ सर्बव्यापी अनि विश्वमूर्ति
तिमी नै हौ पर अनि परमेश्वर कृति
तिमी नै हौ मृत्युञ्जय निर्विकार रूप
त्रिलोकको आवश्यक्ता तिमी गर्छौ पूर्ति
देवताको स्तवनमा शिवा दर्शन दिन्छिन्
मनोरथ पूर्ण गर्ने महादेव हुन् भन्छिन्
मेनालाई कालिकाले दिन्छिन् प्रेमीदर्शन्
स्तवनमा खुसी भइ अङ्गालोमा लिन्छिन्
मेना बोल्छिन् सयपुत्र मलाई वर देऊ
तिमी आफै पुत्री बनी ममा जन्म लेऊ
शिव सँग मेरी छोरी विवाह नै गरी
सर्ब लीला गर्न सकोस् बसु तिम्रै छेऊ
तिमी नै हौ भगीरथी शीरमा लुकाउने
तिमी नै हौ पसीनामा भौम जन्माउने
गंगावतरण तीर्थमा तपस्या नै गर्न
हिमवानलाई व्यवस्थापन कर्म गराउने
हिमवानले तिम्रो सेवा गर्नलाई थाले
शिवज्योति प्रकाशमय हृदयमा बाले
पार्वतीलाई साथलिइ पूजागर्नलाई
आज्ञालिने धारणामा आफ्ना भाव चाले
हिमवानको भाव बुझी तिमी बोल्दा भयौ
गौरीको सुन्दर रूपको बर्णन गर्न गयौ
पार्वतीको रूपकस्तो तिम्रो धारणामा
कटीतन्वी चन्द्रमुखी लावण्यमा लयौ
शिव भन्छन् मायारूपिणी स्त्रीको नाम
विषयलाई छरीबस्ने यिनको हुन्छ काम
महाविषय वासना त बन्न जान्छ जड
वैराग्यलाई नाश गर्छ टढा हुन्छन् राम
शिवजीका यस्ता कुरा जव शिवा सुन्छिन्
दार्शनिक भावनालाई यिनले मन्मा गुन्छिन्
ज्ञानविशारद सम्बोधन्मा पार्वती नै बोल्छिन्
यहाँ कर्मशक्ति बनाउने प्रकृति नै हुन्छिन्
हुन सक्छ कुनै प्राणी जितेन्द्रिय पनि
तर हुन्छन् ती व्याक्ति प्रकृतिको जनी
जति कर्म त्रिलोकमा हुन्छ प्रकृतिको
प्रकृतिभन्दा लोकमा कोही छैन धनी
देवी भन्छिन् म नै हुँ प्रकृतिको रूप
तपाइँ नै हो संसारमा पुरुषको रूप
सगुण र साकार पनि प्रकृतिको जनी
प्रकृतिबाट टाढा भाग्न सकिदैन खुप
सबै कर्म गर्दै जाने कहाँ हुन्छन् निर्विकार
शिवा बोलिन् शिवसँग सही सत्य बारंबार
यदि प्रकृतित्यज्य भए प्रकृतिसँग केको डर
शिव बोल्छन् शिवासँग सेवागर शास्त्रसार
तिमी नै हौ उध्र्वरेता ध्यानमा हुने मस्त
तारकासुरले पार्न थाल्यो साह्रै अस्तव्यस्त
कामदेव पुगी माया छाडे पार्न ध्यानहीन
क्रोधाग्निले कामदेव जले देवता भए त्रस्त
तिम्रो क्रोधाग्नि बडवानल भयो
यसको बसोबास समुद्रमा रह्यो
गौरी गइन् श्रृंगतीर्थ तिमै्र तपश्यामा
गौरी शिखर नामाकरण हुन त्यो गयो
मुस्किल भयो तिम्रो दर्शन धेरै बर्ष गयो
पार्वतीको तप पनि अटल रूपमा रह्यो
जब पार्वतीको विवाह त भयो तिमीबाटै
पुत्र कुमारबाटैे तारकासुर वध भयो
तिमी नै संसारमा ताण्डब नृत्य गर्ने
ब्रह्मा विष्णु महेश्वर तिमी रूप धर्ने
तिमी बन्छौ देव नर अनि पशुपति
बहु कर्महरू तिमीलाई मन पर्ने
शक्तिशाली शिवा थिइन्
शरीरको मैलाबाट
गणेशजीको जन्म दिइन्
छोरालाई द्वारपाल राखी
प्रवेश निषेध गरिदिइन्
गणेश पनि शक्तिशाली
गर्ने तिन्ले रखवाली
शिवलाई रोकीदिए
प्रवेशद्वारमा राखे खाली
शिवगण लड्न थाले
बाटो छोड भन्न थाले
भयंकर संग्राम भयो
शिव शक्ति अघि गयो
गणेश शीर छेदन भयो
पार्वतीलाई खवर गयो
शिवाजीलाई थाहा लाग्यो
गणेशको शीर क्षेदन
शिवाजीमा लौ क्रोध चढ्यो
हुन थालो ठूलै रोदन
शिवा पनि शिवजीकै हुन् महाशक्ति
शक्ति सञ्चयनमा गर्नथालिन् भक्ति
पुत्रशोकको कारणले प्रलय नै ल्याइन्
गणेशको दर्शन विना हटिनन् है कत्ति
शिवजीले गणेशमा हात्ती शीर जोडे
अग्रपूज्य देव बनाइ शिवा मन गोडे
पार्वतीले गणेशलाई वरदान दिइन्
सबै देव स्वर्ग जान कैलाशलाई छोडे
गणेशले शिवबाट सर्वाध्यक्ष–पद पाए
सबै जना त्यति वेला आनन्दमा आए
गणेश र कुमारमा विवाह विवाद चल्यो
बुद्धिमान गणेशले बडो युक्ति लाए
पृथ्वीको परिक्रमा कस्ले छिटो गर्ने
विवाहमा पहिलो पालो उसैको पर्ने
कुमार हिडे मयुर चढी परिक्रमा गर्न
गणेशले मातपिता घुमी प्रथम स्थान धर्ने
सर्बदेवमय रथमा युद्ध गर्न चढ्यौ
पशुपतब्रत धारणगरी युद्ध गर्न बढ्यौ
गर्नु थियो त्रिपुर र तारकाक्ष भष्म
यी दुबै भष्म पार्न ठूलै युद्ध लड्यौ
मयलाई पनि त तिम्ले वर दियौ
शंखचुड दैत्यको प्राण खैंची लियौ
आफ्नै पसिनाबाट अन्धक जन्माउने
अरु कोही नभएर तिमी नै त थियौ
अन्धक बन्यो गणाध्यक्ष कृपा तिम्ले दियौ
शुक्रचार्य गुरुलाई जिउँदै निली लियौ
शुक्रचार्य बाहिर आए वीर्य नलीबाट
शुक्र नाम दिने देव तिमी नै त थियौ
शुक्रलाई शिव शिवा दुबैले पुत्र मानिलियौ
शुक्रलाई सञ्जीवनी विद्या तिमीले नै दियौ
तिमी भक्तवांछाकल्पतरु सबलाई मायागर्ने
वाणासुरको रक्षक बनी शोणितपुरमा थियौ
उषाले सपनीमा अनिरुद्रलाई्र देखिन्
चित्रलेखा कागजमा उन्को चित्र लेखिन्
अनिरुद्र ल्याइए उषा अन्तरपुरमा
उषाले आफ्नो पूर्ण तिर्षा उनीबाटै सेकिन्
वाणलाई यी कुरा थाहा हुन आयो
उषासँग अनिरुद्र अन्तपुरमा पायो
अनिरुद्रसँग युद्ध राम्रै सँग छायो
अनिरुद्रलाई्र मार्न नागपासमा ल्यायो
अनिरुद बन्धन्बाट गर्छन् दुर्गा स्तवन
दुर्गा आइ फुकाइदिइन् उन्को बन्धन
अनिरुद्र पुनः पाए उषारूपी धन
भरिपूर्ण रोमान्चित भो उषाको मन
कृष्णजीले लौ थाहा पाए सारा यिनै कुरा
लड्न तयार भए कृष्ण कुरा बुझी पुरा
कृष्णजीले काट्नु भयो बाणसुरको भुजा
कृष्ण शिव युद्ध गरे बनी दुबै जना सुरा
शिवजीलाई कृष्णजीले जृम्भणास्त्र हाने
कृष्णजीले शीरकाट्न वाणासुलाई ताने
शिवजीको वाणमाथि ठूलो कृपा थियो
शिवजीको अनुरोधलाई विष्णुजीले माने
वाणासुरलाई तिमीले वरदान दियौ
गजासुरको तिमीले नै प्राण खैंची लियौ
गजासुरले विन्तिगर्यो आफ्नो छाला ओढ्न
गजासुरको छाला ओढी कृतिवासा भयौ
देवताका बल भनेका हुन् ब्राह्मण जाति
ब्राह्मणलाई मार्नु पर्छ गरी भाँती भाँती
दुन्दुभीनिह्र्रादले ब्राह्मण खान थाल्यो
मुड्की हानेऊ मर्न गयो चिरिनगो छाती
विदल र उत्पल महादैंत्य थिए
देवराज्य जितेर साह्रै दुःख दिए
यिनको आँखा पर्यो दिव्यपार्वतीमा
पार्वती कन्दुकले यिन्को प्राण लिए
पार्वतीको खेल कन्दुक लिङ्ग बन्दो भयो
कन्दुकेश्वर लिङ्ग बनी प्रसिद्धिमा गयो
यसको दर्शन गर्ने भनी जो कोही जान्छ
कामनालाई पूर्ण गर्ने फलदायी छ यो
तिमी नै हौ अवतारी विविधरूपधारी
सद्योजात रूपमा भयो सृष्टि प्रभाकारी
वामदेव अवतार तिम्रो जब हुन गयो.
ब्रह्माजीको सृष्टि शक्ति बढ्न गयो भारी
तत्पुरुष रूपली जब अवतार भयो.
शाँकारी गायत्रीको ठूलो स्थान रह्यो
अघोर नाम अवतार भयो तिम्रो रूप
घोर नामक योग ठूलो प्रचारमा गयो
ईशान अवतार प्रभूको अद्भूतको थियो
ब्रह्मालाई सन्ममार्गको उपदेश दियो
विश्वरूपा सरस्वती प्रकट पनि भइन्
योगानुसार सद्धर्मको कर्म गति लियो
तिमी नै शिव प्रभू अष्ठ मूर्ति धारी
अष्ठ मूर्ति बाटै संसार चल्छ भारी
सबर्, भव, रुद,्र उग्र, भीम, पशुपति
ईशान अनि महादेव यिनै आठ मूर्ति
तिम्रै अष्ठ मूर्तिबाट विश्व अधिष्ठित
यिन्कै भजनकीर्तनले स्वच्छ पार्छ पूmर्ति
ब्रह्माजीको तपबाट जब खुसी भयौ
अर्धनारीनर रूपमा दर्शन दिन गयौ
ब्रह्माजीको समिपमा शिवशिवा बनी
प्रकटरूप धारण गरी ब्रह्मा अघि रह्यौ
ब्रह्माजीले शिवा सँग दुई वर मागे
सबल संसार बन्ने छ नारी कुल जागे
शिवा पनि खुसी भइन् दक्षपुत्री बन्न
शिवावतार अनेक छन् हेर्दै जाउँ आगे
कहिले बन्ने श्वेत मुनी कहिले सुतार
कहिले दमन कहिले दधिवान अवतार
सहोत्र, कंंक, जैगीषव्य,कहिले दधिवान
ऋषभ अवतारलिई गर्छौ सब उपकार,
तप अत्रि बलि गौतम्, वेदसिरा गोकर्ण
गुहाबासी, सिखण्डी माली थरी थरी बर्ण
अट्टहास, दारुक, भीम श्वेत, शूली मुण्डिश्वर
सहिष्णु, लकुली तिम्रा हुन् यी कायावतार
तिमी हौ शिलाद मुनिका अयोनिज पुत्र
नाम तिम्रो नन्दीश्वर काम छन् विचित्र
सुयशा पत्नी पायौ जीवन पार्न सफल
भक्तिभाव तिम्रो बन्यो सदासदा अटल
तिमीबाट हुन गयो कालभैरव अवतार
तिम्रो नाम जपे बन्छ पापमुक्त संसार
गृहपति नामगरी पुग्यौ विश्वनरको घर
माता बनिन् शुचिष्मती अनि दियौ वर
्
महाकाल अवतार हुँदा शक्ति महाकाली
भक्तजनको मनोकान्छा पूर्ण गर्ने वाली
तार अवतार जब भयो शक्ति तारादेवी
भुक्ति मुक्ति प्रदान गर्ने जनताकी सेवी
बाल भुवनेश अवतार जब तिम्ले दियौ
बाला भुवनेशी शिवा शक्ति साथ लियौ
जुन अवतार लिए पनि साथै हुन्छिन् शिवा
शिव शिवा मिलनमा हुन्छ प्रकाशमय दिवा
षोडशश्रीविद्येश सुख भोग मोक्षदायी अवतार
षेडशीश्रीविद्याशिवा शक्तिले सुखी पार्छ संसार
भैरव अवतार जब भयो भैरवी हुन् शक्ति
भैरवी हुन् अभिष्ट वरदिने जस्लेगर्छ भक्ति
छिन्नमस्तक अवतार जब तिम्रो भयो
नाम तिम्री शक्तिको छिन्नमस्ता रह्यो
धूमवान अवतारमा शक्ति धूमावती
भक्तको लालसालाई पुरा गर्यौ अति
तिम्रो बगलामुख अवतार भयो सुखदाई
बगलामुखी शक्ति तिम्री भइन् गिरिजामाई
जब भयो मातंग अवतार मातंगी हुन् शक्ति
सम्पूर्ण अभिलाषा पुरा हुने जस्ले गथ्र्यो भक्ति
भुक्ति मुतिm प्रदायिनी कमल रह्यो अवतार
गिरिजा भइन् कमला पाल्छिन् तिन्ले सरंसार
अनसूया अत्रिले जव तपस्या नै गरे
ब्रह्मा विष्णु र महेश्वर अत्रिकुटी झरे
अत्रिपुत्र भै जन्मने दिए तिन्ले वरदान
शिवअंशधारी जन्मनेमा दुर्वासा नै परे
जब दिए विष्णुले मोहनीरूपको दर्शन
कामातुर भयौ तिमी वीर्य भयो पतन
अञ्जनीको कर्ण भै भयो गर्भस्थापित
जब जन्मे हनुमान रामले पाए जतन
बृतासुरको वध गर्न युद्ध भारी भयो
दधीचिको हड्डीमा सबको नजर गयो
देवमागे बज्रहड्डी दधीचिले दिए
आफ्नो तन समर्पण महान त्याग छ यो
मुनिप्रिया सुवर्चना गर्भवती थिइन्
पतिलोकमा जानभनि मनचित्त दिइन्
गर्भवती नारीलाई सती जान रोकको
आशवाणी भयो त्यहाँ सुनी चिन्तालिइन्
सुवर्चना मन इच्छ्या अभीष्ट नै थियो
ढुङ्गाबाट उदर विदीर्ण गर्ने बाटो लियो
दधीचिको त्यो गर्भ जव बाहिर आयो
पिप्पलादले मातालाई आकर्षण दियो
पिप्पलाद पनि शिव तिम्रै अवतार
सुवर्चना जानपाइन् लौ पतिसंसार
द्विजेश्वरावतारमा तिम्रो बन्यो इच्छ्या
भद्रायु किर्तिमालिनीको धर्म परीक्षा
राजा रानी दुबै जना सफल भक्त थिए
पाश्र्ववर्ती वरदान तिन्लाई भयो दिक्षा
यति रूप धारण गरी पुग्यौ भीलको घर
भीलनीलाई छोडिदियो भीलले तिम्रो भर
वन्यजन्तुले गर्दाे भयो शिकार भीललाई
सती जाने भीलनीलाई दियौ राम्रो.वर
हंसरूपमा तिम्रो पुनः अवतार नै रह्यो
भील वीरशेनको छोरा नल जन्मन गयो
भीलनी भीमराजाकी दमयन्ती बनी जन्मिन्
नल राज दमयन्ती रानी पुनर्मिलन भयो
शिव तिम्रो कृष्णदर्शन अवतार जब भयो
नभगको सत्य तथ्यमा तिम्रो दृष्टि रह्यो
यज्ञ धन जति थियो नभगलाई दियौ
ब्रह्मतत्व ज्ञान वरदान नभगमा गयो
अवधूतेश्वरावतारमा लीला राम्रै गरेऊ
बृहस्पति इन्द्रलाई बीच बाटोमा धरेऊ
इन्द्रको घमण्डलाई चकनाचुर पार्दै
रिसपूर्ण तिम्रो अग्नि समुद्रमा छरेऊ
रिसपूर्ण अग्निले लियो जालन्धर रूप
तिमीबाटै मर्न पर्यो भयो दौड धूप
बृहस्पति इन्द्रले पाए तिम्रो दर्शन
इन्द्रले घमण्डको शिक्षा पाए खुप
जब भयो तिम्रो त्यो भिक्षुवर्यावतार
हुनगयो दुई बालको राम्रो उपकार
एक थिए राजकुमार अर्का द्विजकुमार
राजकुमारमा कृपारह्यो पाए राजभार
सुवरावतार जब भयो
उपमन्युलाई वर गयो
किरातावतर भयो तव
अर्जुनमा वरदायी छ यो
मूक दैत्यलाई मारि दियौ
अर्जुनको नै परीक्षा लियौ
बाह्र ज्योतिर्लिङ्गावतारमा
कल्याणकारी तिमी थियौ
निवास स्थान तिम्रो काशी
शिवलिङ्गमा छ यो राशि
अत्रिको तपोवनमा
गंगा शिव नित्य निवासी
रजोगुणी भएर नै तिमी सृष्टि गर्छौ
सत्यगुणी भएर नै खानपान भर्छौ
तमोगुणी भएर नै संहारमा सर्छौ
तीनै गुणले पूर्ण शुद्धस्वरूप धर्छौ
शिव शिवा तिमी दुबै कृष्ण वर दाता
घमण्डनै चूर्ण पार्ने शिवा दुर्गा माता
शिव शिवा दुबैमा छ मेरो नम नम
सफल बनी अघि बढोस् यो काव्यखाता
भजन
यो पनि शिवाको त्यो पनि शिवाको
तीनै लोक शिवाको यो काव्य शिवाको
शिव शिवा दुबै मिली चलेको छ संसार
यिन्कै श्रद्धाभावमा बन्छ काव्य आकार
यो पनि शिवाको
जहाँ हेरो शिव शिवा साथ साथै हुन्छन्
सारालोक विचरण कल्याण सवको गर्छन्
यो पनि शिवाको
अनेकौ छन् यिनका हेर अवतार रूप
सर्बलोक जीवलाई कल्याण गर्छन् खुप
यो पनि शिवाको
यो काव्यमा सारा गीत शिवाजीको गाएँ
नारी शक्ति महान् हुन्छ भन्ने प्रमाण पाएँ
यो पनि शिवाको
हाम्र धर्म पुराण आदि यही कुरा भन्छन्
त्यसो हुँदा मेरो मन यिनै सबले छुन्छन्
यो पनि शिवाको
मेरो सारा भावनामा नारी महान् ठानी
लेखें काव्य शिवा अवतार अनगिन्ति जानी
यो पनि शिवाको