मच्चिएर खेल्छ आज पिङ मन्ले चहचह
अँधेरीलाई मास्न होला जून लाग्यो टहटह
मासिएर अध्यारो उज्यालोले टेक्यो दैलो
थेग्न खुसी नसकेर अँश्रुभेल बन्यो दह
झुल्के घाम सँगसँगै चल्छ हात कर्म गर्न
कर्मठ् ती हातहरूले बनाउँछ मिठो मह
भाग्य भन्दा विश्वासिलो कर्म ठान्ने घरमा
मेरो विश्वास् अवश्य बस्छ बस्छ अब सह
धेरै छन् आशाहरू एउटालाई भेट्दा मन्
फुर् फुर् गरी नाच्दैछ सफलताले चुम्दा तह
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
