Skip to content

मसँगको यात्रा गर्दा

  • by

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

अनायसै मसँगको मायाजालमा परेपछि
मेरो हात समाई हिड्ने प्रण तिम्ले गरेपछि
नलाउ माया भन्दा भन्दै, खुसीसाथ लाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

उराठ लाग्दो जीवन् मेरो रहरहरू मर्दै थियो
सुनशान यो बस्तीभित्र शहरहरू सर्दै थियो
बिरक्तिमा आशावादी गीतहरू गाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *