Skip to content

बगिरहने खोला भइछ्यौ

  • by


बगिरहने खोला भइछ्यौ तिमी
सामुमा भने भोला भइछ्यौ तिमी ।

गर्नै के सक्छु तिम्रो इच्छाका अघि
हार मान्नुपर्ने लोला भइछ्यौ तिमी ।

निहुर्याउँछ्यौ कति जित्यौ भनेँ त
अचम्भ सुनकै तोला भइछ्यौ तिमी ।

साइनो न हो मान्यौ म पनि मान्छु
पिरलो पार्ने सोला भइछ्यौ तिमी ।

आँखाको धूलो हुनु उत्तम हैन
माथि अड्केको झोला भइछ्यौ तिमी ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *