Skip to content

लोकको इच्छा इच्छै चल्ने

  • by


लोकको इच्छा इच्छै चल्ने नेतृत्वको हुल चाहियो
दुःखसुख समेट्दै फुल्ने एउटा ठूलो फूल चाहियो ।

हल्ला मात्र काफी छैन यहाँ चेतना झाँगिनलाई
भोको नाङ्गो समेट्ने एउटा ठूलो पुल चाहियो ।

बाटो हिँड्ने ठूलो होइन हिँडाउने पो ठूलो हुन्छ
जताततै जनचेतनाका अब थुप्रै तुल चाहियो ।

आफू आफैँ केही हैन अरूले पो जाती भन्नुपर्छ
घमण्ड र अहङ्कारलाई एउटा ठूलो सुल चाहियो ।

सधैँभरि आशैआशमा खुट्टा टेक्नु उचित छैन
देशैभरि विकासको लहर ल्याउने मूल चाहियो ।

नन्दलाल आचार्य
तपेश्वरी-१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज-९, सप्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *