Skip to content


आज तिम्रो अहम्को छाती कुल्चेर
म फिर्ता गरिरहेछु तिम्रो नागरिकता
देश !
तिमी मलाई फिर्ता देऊ-
मेरा बितेका चौबीस वर्षहरू !

मेरा कलिला उमेरहरू
कैदी बनाइएका छन् – मेरै अगाडि
हत्कडी लगाएर राष्ट्रियताको कारागारमा,
यो पच्चीस वर्षो सँघारमा
यी मेरै अगाडि ठिङ्ग उभिएका छन्
पालैपालो हत्या गरिएका मेरा चौबीस वर्षरू !

म गौथली उड्न चाहन्छु नौलो आकाशको डिलैडिल
फुकाइदेऊ तिमी – राष्ट्रियताको टुना,
त्रि्रा नक्साका किरिङमिरिङ रेखाहरूजस्तै
मेरा हाड र करङहरू
आज फत्फती गलिरहेका छन्
म ठूलो आपतमा छु – देश !
तिमीले ठान्यौँ सधैँ पर्राई
मैले कत्ति भन्नु आफ्नो
तिमीले हाँसी हाँसी सङ्गीन रोप्यौ मेरा आँखामा
– सपना देख्न लायक पनि छोडेनौ !

छन् तिमीसँग –
ठूला ठूला हिमालहरू
अग्ला अग्ला झरनाहरू
मन्दिरै मन्दिर छन्
भगवानै भगवान् छन्
तर तिमीले कहिल्यै देखेनौ
यी सुन्दरताहरूमा दाग लाग्नेजस्तो
म पनि तिमीसँगै छु – तिमीले देखेनौ !

यी … यत्ति धेरै नेताहरू
यी … यत्ति धेरै विचारहरू
यी … यत्ति धेरै संविधानहरू
यी … यत्ति धेरै गोला टाउकाहरू
र, इतिहासको दम्भमा टिक्न खोजिरहेको संस्था
कत्ति खप्नु त्रि्रा बोझहरू
प्रत्येक दिन बन्ने मोटा मोटा इतिहासहरू !

यो टेबुलमाथिको ग्लोवमा
किन तिमीमात्रै चल्मलाइरहेका छौ – देश –
जन्मिनु, हरुर्किनु र नागरिक मात्र हुनु
तिम्रो नामको प्रमाणपत्र बोकेर
एउटा भीडमात्र बन्नु –
– होइन मेरो सम्पूर्णता !

चौबीस वर्षरि मेरो हृदयमा
दिएका छौ तिमीले मात्र नीला नीला दागहरू,
यो फर्फाइरहेको झण्डामा
हेर- कसरी आतङ्कति छ मेरो अनुहार –

तिमी त धेरै ठूलो छली रहेछौ !
भन देश
किन हत्या गर्‍यौ तिमीले मेरा चौबीस वर्षरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *