परिचय –
रिद्वीकोट गाउँपालिका –४ पाल्पामा जन्मेका पिता हिक्मतराज ज्ञावली र माता मीना ज्ञावलीका पुत्ररत्न राम ज्ञावलीजीले साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ मार्फत हार्दिकताको साथमा पठाउनु भएको जीवन सोच र समय(निवन्धसङ्ग्रह) हात लाग्यो। समय र स्थानलाई भूले पनि कार्यक्रममा साक्षात्कार भैसकेका एक होनहार युवा जस्ले नेपालीमा एम.ए. एम.एड शैक्षिक योग्यता हाँसिल गरेका छन् र शिक्षण पेशा अङ्गाली भावी देशका कर्णधार उत्पादनमा लाग्दै नेपाली साहित्य सेवामा समर्पित भएका छन् को यस्तो गहनकृति अध्ययन गर्ने मौका पाउँदा खुसी लाग्नु स्वभाविक हो। डा. नेत्रप्रसाद न्यौपानेको ‘जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ को भूमिकाको अध्ययनबाट राम ज्ञावलीको साहित्यिक यात्रा २०६२ सालमा प्रकाशित ‘रगत नबगाऊ’ गीति कविताबाट थालनी भएको देखिन्छ। डा. नेत्रजीले राम ज्ञावलीको साहित्यिक यात्राको बारेमा लेख्नुहुन्छ –‘कलेज स्तरको पठनपाठनदेखि नै क्षेत्रीय र स्थानीय स्तरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरूमा यिनले दर्जनौ फुटकर लेख–रचना सृजनाहरू प्रकाशित गरिसकेका छन्।’ यसै समीक्षात्क लेखबाट जानकारी पाइन्छ कि राम ज्ञावली एउटा कुशल स्तम्भकार, अन्तर्वाताकार, सम्पादक र पत्रकार पनि हुन् र उनको लेखन विभिन्न स्थानबाट प्रकाशित हुने पत्रपत्रिकामा पक्राशन हुँदै आएका छन् तापनि ‘गाउँले देउराली’(साप्ताहिक), उत्तरदायित्व (त्रैमासिक), नयाँ भावना (सप्ताहिक) र परेवा (पाक्षिक)मा यिनको लेखन उपस्थिति निरन्तर देखिन्छ। जीवन, सोच र समय एउटा ओदानको रूपमा उभिएको यस कृतिले दिन चाहेको सन्देशतिर लाग्नु नै उचित ठान्दछु।
कृतिको संरचना –गोविन्द भट्टराईबाट प्रकाशित यो कृतिमा लामा छोटा गरी १९ओटा निबन्धहरू समावेश गरिएका छन्। मूल्य १५५/–रुपियाँ राखिएको छ। यसको प्रकाशक गोविन्दभट्टराई हुनुहुन्छ र उहाँबाटै प्रकाशकीय लेखिएको छ। डा. नेत्रप्रसाद न्यौपानेज्यूको ‘जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ शीर्षकमा विवरणात्मक समीक्षा एव म गहन भूमिका यस लेखले पाएको छ। यस समीक्षात्मक भूमिकाले राम ज्ञावलीको लेखन प्रतिभा लगायत कृतिले लिएको बाटो र दिएको सन्देशलाई तुलनात्मक रूपमा प्रष्ट्याउने काम भएको छ। अब म यस कृतिभित्र रहेका निबन्धमा प्रवेश गर्ने अनुमति चाहन्छु –
जीवन जिउनुको अर्थ– निबन्धकारको यो पहिलो निबन्ध हो। साधारण अर्थमा जीवनभन्दा प्राणीको जन्मदेखि मृत्युसम्मको समयलाई बुझाउँछ। निबन्धकारले मानव जीवनको परिभाषा अर्थपूर्ण रुपमा पस्केका छन् –‘जन्मदेखि नमरुञ्जेलसममको अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समय ाधि नै मानव जीवन हो।’ यस निबन्धमा निबन्धकारले जीवन के हो मात्र नभएर ‘जीवन केही गर्नका लागि हो, सेवा, समर्पण त्याग देखाउनको लागि हो, जीवन समय हो अवसर हो, पुरुषार्थ हो। जस्ता गहन धारणा पोखेका छन्। जीव सबैको एकनासको हुँदैन, आशावादी र निराशावादीका जीवनमा फरक हुनु, जीवन सफल पार्न परिवारवाद, व्यक्तिवाद, पार्टीवादभन्दा माथि उठ्नु पर्ने, स्वावलम्वी हुनु पर्ने, कर्तव्यमा जुट्नु पर्ने, मृत्युपछि पनि जीवन रहनुपर्ने, धारणा निबन्धकारको छ। निबन्धकारले जीवनलाई मूहान ठान्छन्, जीवन जितिनु पर्छ हार्नको लागि हैन भन्छन्, उद्देश्य सहित बाँच्नु पर्छ, अमूल्य सम्पत्ति हो, यसलाई रक्षा गर्न सक्नु पर्छ, जीवनदेखि थाक्न हुँदैन
र ‘कुनै न कुनै क्षेत्रमा विशिष्ट स्थान हासिल गर्नसके त्यो नै जीवन जिउनुको अत्युत्तम पक्ष हो’ भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले। यो निबन्ध सन्देश मूलक छ जीवन उपयोगी र यथार्थ धारणा पस्कन सफल देखिन्छ।
जीवन र मृत्यु –यो दोस्रो निवन्ध हो। यसले पनि सार्थक जीवनको धारणालाई लिएको छ। कर्मको निरन्तरता जीवन र गतिशुन्यतालाई मृतु ठान्ने निबन्धकारले मानिस यस पृथ्वीमा आए पछि मृत्युपछि बाँच्न सक्नु पर्छ मानव जीवन छ ऋतुसरह चल्छ। मानिस भएर जन्मेपछि हात पाखुरी र बुद्धिविवेक चलाउनु पर्छ र केही गरेर बाँच्दा बाँच्नुको अर्थ, औचित्य, भलाइ हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले।
जन्मभूमिको माया– यस निबन्धले जन्मभूमिप्रति केही न केही गरे जीवन सार्थक हुने, देशको अहित गर्ने जिउँदा लास हुन्, जन्म भूमिमा हरेकको इज्जत र प्रतिष्ठा गाँसिएको हुन्छ, ‘जन्मभूमिप्रति माया ममता प्रेम वा सेवा भाव दर्शाउनु देशप्रेम भनिन्छ आदि धारणा आएका छन्। यसमा मातृभूमिको महिमालाई एच्चताको साथमा प्रस्तुत निबन्ध हो।
राष्ट्रियता र आत्मनिर्भरता– यो निबन्धले पनि राष्ट्रियताको संरक्षण सम्वर्धनप्रति गहन बहस गरेको छ। बिन्धकारको धारणा छ –‘राष्ट्रियता भन्नाले राष्ट्रप्रतिको आस्था वा राष्ट्र हितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन भन्ने बुझ्नुपर्छ।’ राष्ट्रियता र आत्मनिर्भरताको बीचमा गहन सम्बन्ध छ। यसमा निबन्धकार सचेत देखिन्छन् र भन्दछन् –‘राष्ट्रियतालाई अटल, अडिग, र उच्च बनाउनको निम्ति महत्त्वपूर्ण तत्त्व बन्न पुग्दछ।’ नेपाल प्राकृतिक सम्पदाले पूर्ण हुँदाहुँदै पनि नेपाल परनिर्भर रहेकाले नेपालको राष्ट्रियताको अस्तित्व समाप्त हुने खतरा बढेको, विदेश खास गरेर भारतको हस्तक्षेपकारी नीति सफल हुँदै गएको, भारतको अतिक्रमण, दुव्र्यवहार र नाकाबन्दी सहन परेको। यसप्रकारको हस्तक्षेपबाट मुक्त हुनको लागि निबन्धकारको यस्तो सुझाव छ –‘यसको मुख्य औषधी भनेकै राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सास्कृतिक र सम्पूर्ण क्षेत्रमा आत्म निर्भर बन्नु हो।’ यस निबन्धले राष्ट्र बलियो बन्न राष्ट्रियता बलियो हुनु पर्छ, राष्ट्रियता बलियो हुन आत्मनिर्भर बन्नु पर्छ र आफ्नो आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, वै्रचारिक लगायतका कुरामा देशले विशालताको मार्ग अवलम्बन गर्नु पर्छ साथै यसमा सचेत नेपाली जुट्नु पर्छ भन्ने धारणा आएको छ।
श्रमको आवश्यक्ता, –यस निबन्धमा निबन्धकारले ‘श्रमलाई परिश्रम, पुरुषार्थ, उद्योग, इलम, पौरख पनि भनिन्छ’, जुनकाम आम्दानीका लागि गरिन्छ, त्यलाई नै श्रम भनिन्छ ’, भनेका छन्। मानव जीवन र श्रमको ‘‘ शरीर र आत्माको जस्तो’’ मानेका छन्, हरेक क्षेत्रमा सफलता हाँसिल गर्न श्रमको आवश्यक्ता ठानेका छन्,। श्रमको उच्च प्राथमिता दिएर यस निबन्ध लेखिएको छ र निबन्धले सारगर्भित सन्देश दिएको छ।
व्यक्तित्वको खाँचो र निर्माणका उपाय– साधारण अर्थमा व्यक्तित्व भनेको कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण / निजिपन / व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा रहेका निहित विशेषता भन्ने बुझाउँछ। यस निबन्धमा निबन्धकारले ‘मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव, उसले समाजलाई दिएको योगदानको आधार।मा उसको व्यक्तित्व जाँचिन्छ’ भनेका छन्। निजी व्यक्तित्वभन्दा सामाजिक व्यक्तित्वको महत्व बढी हुने, व्यक्तित्व निर्माणको लागि, उत्कृष्ट र चर्चित काम गर्नु पर्ने, व्यक्ति एक भए पनि उसको व्यक्तित्व अनेक हुनसक्छ र असलव्यक्तित्वले मानिसलाई मरेपछि पनि युगौं बचाउन सक्छ जस्ता धारणाको साथमा निबन्धकारले असल व्यक्तित्व निमार्णको लागि मार्गदर्शन पनि दर्शाएका छन्।
नाम कमाउने रहर –यस निबनधमा निबन्धकारले रहर अनेक हुन सक्ने रहर गरे जति नपाउन सकिने, रहर बढेपछि महत्वकान्छा पनि बन्न सक्ने, रहर नाम कमाउने र दाम कमाउने हुने दाम कमाउने रहर मृत्युपछि सकिने र नामकमाउने रहर इतिहासमा सुरक्षित र अमर रहन्छ जस्ता धारणा राख्दै नाम कमाउने बाटाहरू अनेक भएका र तिनको अवलम्वन गर्न सके नाम कमिने, ‘नाम कमएर बाँचियो भनेमात्र जीवन जिउनुको अर्थ भेटिने। जति सक्यो त्यति कमाऔं कुनै सीमा बन्देज छैन भन्ने सन्देश दिएका छन् निबनधकारले।
सोचको अर्थ शक्ति र प्रभाव– यस निबन्धमा निबन्धकारले सोचलाई प्रष्ट्याउने प्रयास गरेका छन्। सोचको अर्थ धेरै भए पनि यस निबन्धमा भने सोचको अर्थ चिन्तन/विचारमा केन्द्रित छ। ‘सोच निश्चित विषयको गम्भिर चिन्तन हो। हरेक मनमस्तिष्कमा यसले डेरा जमाएर बसेको हुन्छ। यो हरेक मानिसमा फरक हुन्छ। यो सकरात्मक र नकरात्मक दुई किसिमको हुन्छ। सकरात्मक सोचले सिर्जना(प्रगति)लाई अघि बढाउँछ र नकरात्मक सोचले परिवार, ससमाज र राष्ट्रको समेत बाधक बन्छ, , सोचउद्देश्य/ लक्षमा पुग्ने सोपान हो, सोच मनोवृत्ति हो, दृष्टिकोण हो, संसारको सिर्जना र विनास सोचकै उपज हुन्, सोच, सर्वमान्य र सदासर्वदा सत्य नै भै रहिरहन्छ भन्ने हुँदैन जस्ता गहन अभिव्यक्तिहरू यस निबन्धले समेटेको छ।
सोचका परिणामका कर्महरू–यस निबन्धमा निबन्धकारले मनन् चिन्तन हुने व्यक्तिहरू र सोच नहुनेहरूमा भिन्नता, सोचमा नभर्एकाहरू कुनै काम सफल नभएमा भाग्यलाई दोषारोपण गर्ने खालका, जीवनमा अमिट छाप छोड्ने खालका नहुनु, आफ्नो दायित्वलाई पन्छाउने खालका हुने र यिनीहरूलाई ढिलो चाँडो पश्चताप आउने बाहेक केही उपलब्धी हुँदैन तर सुसोचाइका मानिसहरूले शिखर चुम्दछन्। उनीहरूको व्यक्तित्व सधैं उच्चा भइरने, चर्चाभइरहने धारणा यस निबन्धले राखेको छ। निबन्धकार भन्दछन्–‘‘मानिस पैसा नभएर गरिब भएको होइन विशेष गरी सोच नभएरै गरिब भएको हो।’’ यसले सुकर्म र कुकर्मको निर्धारण गर्छ,। सोचकै कारणा संसारमा सुसोचले सुकार्य र कुसोचले दुष्कार्य हुँदै आएका, सोचकै कारणबाट सामान्य व्यक्तिबाट विशिष्ट व्यक्तित्व बन्ने भन्दै मानिसको मासु खाने क्रुर तानाशाह इदि अमिनदेखि लिएर संसारलाई शान्तिको सन्देश दिने गौतम बुद्धजस्ता विभिन्न क्षेत्रमा उच्चाईलाई चुमेको मानिसको उहारण दिएका छन् र यिनीहरूले यो उच्चाई चुम्नुमा सबैमा उच्च/विशिष्ट/महान/ सुसोचका कारणबाट भएको हो भन्दछन्।
सोचको शक्ति र बीचलन– ‘‘सार्थक सोचमा व्यक्ति परिवार राष्ट्र र अन्तराष्ट्र बदल्ने सोच हुन्छ।’’ यो भनाई हो निबन्धकार राम ज्ञावलीको। ज्ञावलीजीले् यस निबन्धमा सोचमा भएको शक्ति अमूल्य हुने, सीमा नहुने, परिधि कति हुने सोच्न नसकिने, सोचबाटै मानिस करोडपतिबाट रोडपति अनि रोडपतिबाट करोड पति भइने, राजाबाट साधारण जनता भइने, अर्थात ‘‘सोचका परिणामले विचित्रका कार्य हुने।’’ यस निबन्धमा राष्ट्र टुत्र्mयाउने लहर चल्नु, नेताले जनतालाई नीति पढाउने तर आफूले भने कुनीति अपनाउने, शिक्षाक्षेत्रको अस्तव्यस्तता, संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली, प्रस्तुति शैली, कार्यशैलीमा मौलिकताको ह्रास कृतिमता हावी, वेथिति भ्रष्टचार, सुशासनको अभाव, राजनीतिक कुसंस्कार, आर्थिक राजनीतिक क्षेत्रमा भारतको ९० प्रतिशतभन्दा बढी हस्तछेप आदि हरेक क्षेत्रमा देखिएक विकृति विसङ्गतिको प्रष्ट पार्ने प्रयास गरिएको छ। यी सबै खाले कार्यको कारकतत्त्व भनेको सोच र सोचको विचल हो भन्ने निबन्धकारको धारणा आएको छ।
सोचको शक्ति र विचलन कारण र प्रभाव –सोचको शक्ति अथाह हुन्छ भन्ने कुरा हामीले माथि उल्लेखित निबनधमा पनि जानकारी पाइसकेका छ म। सोच सम्बन्धमा निबन्धकारले ‘कुनै भवितव्य घटना / कार्यबाहेक अरू सबै मानव चिन्तनका उपज हुने गरेका छन्’, भनेका छन्। भारतमा गान्धीको अहिंसावादी सोचको कारण भारत सोतन्त्र भएको, गान्धी र नेहरूको सोचबाटै इन्दिरा गान्धी प्रधानमन्त्री भएको, अमेरीकाका अब््रााहम लिङ्कनको सोचले रङ्ग भेद अन्त्य मण्डेला गरेको लगायत माओ, नेल्सन
मन्डढेला आदिको सोचले ल्याएका परिवर्तनका धारणाहरू यहाँ दर्शाइएका छन्। सोचमा विचलन पनि आउने र ती विचलन आउनुका पराजय, निरन्तर असफलता, गरिबी जस्ता थुपै का्ररणहरू भएका, कुसोचकै कारणबा विभिन्न नराम्रा घटना घट्ने, सोच सार्थक पार्न सकिने, सोच पारदर्शी हुनु पर्ने, सोच नभएकाहरू बाटो हराएका बटुवा जस्ता हुने, सोचले आँशुलाई शक्तिमा बदल्न सक्ब्ने, शान्ति ल्याउने सोच, क्रान्ति ल्याउने सोच, जस्ता गहन धारणा राख्दै निबन्धकारले सोचबारे लेख्छन् – ‘‘युग र संसार हल्लाउने सर्वोच्च मानसिक शक्ति हो भन्नुमा अत्युक्ति नहोला’’।
सोच किन र केका लागि – यस निबन्धमा निबन्धकारले सोचको आवश्यक्तालाई यसरी अर्थाथ्याएका छन् –‘सोचले जीवनका उद्देश्य /लक्ष पुरा गर्न सघाउँछ। सार्थक सोचले संसारमै हलचल ल्याउँछ। यो व्यक्ति, परिवार, समाज र राष्ट्र एव म युग परिवर्तनका लागि आवश्यक विषय हो।’ सार्थक जीवनको परिकल्पना गर्न, सर्वाङ्गीण विकशका लागि, यावत विकृति विसङ्गति मेटाउन हरक्षेत्रमा सही सोचको आवश्यक हुन्छ। सही सोचले अमृतको काम गर्छ भने खराब सोचले विषको काम गर्छ सही सोचबाट सर्वाङ््ग विकासको लागि अग्रसरता हुनुपर्ने धारणा आएको छ निबन्धमा।
नमस्कार गर्नुको अर्थ औचित्य र परम्परा– ‘नमस्कारले समबन्ध जोड्छ घारे हातले बिछोड’ यी उद्गार राम ज्ञावलीले यस निबन्धमा प्रयोग गरेका हुन्। साधारण अर्थमा नमस्कार भनेको निहुर्याएर मान्यजनलाई अधिवादन गर्ने काम, नम, सादर प्रणाम, नमस्ते र ढोग भन्ने जनाउँछ। यहाँ निबन्धकारले पनि यही रूपमा परिभाषित गरेको दे्खिन्छ। नमस्कार भनेको नमन हो, नमन भनेका नुहुने काम हो। नमस्कार खोजेर पाइने होइन नमस्कार खोज्नेले नमस्कार दिन पनि पर्छ। नमस्कार शब्द गरिमामय शब्द हो र यो विश्वका देशहरूमा आदर सत्कारको रूपमा प्रयोगमा आउँछ। नमस्कार सबैले सबैलाई गर्नु राम्रो हो तर अनिवार्यता छैन। नमस्कारलाई हलकारूपमा र स्वार्थकारूपमा पनि हेरिन्छ तर नमस्कार सभ्य पहिचानकै रुपमा हुनु पर्छ, भन्ने धारणा राख्दै निबन्धकारलेख्छन् – ‘‘… तसर्थ हरेकले नमस्कार स्वार्थ र बाध्यताले नगरौं, सुसंंस्कृत, सभ्य, नागरिकको पहिचानको, लागि असल संस्कार निर्माणका लागि आत्मीयता र हार्दिकता विकासका ं लागि गरौं।यसमा नै अर्थ /औचित्य देखिन्छ।’’
पैसाको चमत्कार – यो निबन्ध यस कृतिको सबैभन्दा लामो निबन्ध हो। यस निबन्धमा। मानिसको जीविकोपार्जनका लागि कतिपय प्रकृतिले पर्दान गरेको छ भने कतिपय मानिसले नै स्वनिर्मित गर्नु पर्छ, आदिम युगदेखि आजसम्म कतिपय चिज ग्रहण गर्ने र कतिपय चीज छाड ्दै आए पनि पैसा भने मानिसले जन्मेदेखि सास रहुन्जेल छाड्दैन। राम्रा नराम्रा सबै थरिका कामहरू पैसाबाटै हुनेगरेका, मानिसहरू पैसाका दास बनेका कुरा र ‘सन्तोषम परम म सुखम्’ को मान्यता भुलेका कुरा जस्ता विभिन्न दृष्टिकोणबाट पैसा के हो यसले कस्ता काम गर्छ भन्ने दन्देश दिँर्दै निबन्धकार भन्छन् –‘सही सदुपयोग गरी जीवन र जगतको भलोमा यसलाई उपयोग गरिनु श्रेयस्कर हुन्छ। ’
पैसाको बहुआयमिक कर्म – यस लेखमा निबन्धकारले पैसाबाट हुने, गराइने सबै प्रकारका सकरात्मक र नकरात्मक कामहरूलाई दर्शाउने प्रयासरत छन्। उनी भन्छन् –‘मानव मस्तिष्क घोत्ल्याई निर्मित भएको पैसाको शिखर महत्व छ भन्ने कुरा जोकोहहीलाई थाहा छ।’ पैसामा महाजादुगरी छ, यसले संसारलाई, प्रकृतिलाई नै हल्लाइरहेको र मानव मस्तिष्क खलबल्याइरहेको, भौतिकता र आधुनिकता यसैमा अडेको, किन्ने बेच्ने सबै यसैले गराउने, लालसी, विलासी बनाउने, संसार भुट्न र मानवीय अस्तित्व लुट्न खप्पिस्, कसैलाई नजिक्याउने, कसैलाई कट्टर दुस्मन बनाउने, , मानिसका भौतिक आवश्ह्यक्ता पुरा गर्न यो विना सम्भव नहुने, आत्मबल, आत्माविश्वास, यसैमा, मानिसक बहुरूचि र बहु आवश्यक्ता पूर्ति गर्ने आदि विविधताको जादुगरी भएको र्पैसाले आफैले केही गर्ने होइन यसलाई सदुपयोग र दुरूपयोग कर्ताले गर्ने र पैसाले धेरै थोक गरे पनि सबै थोक गर्न भने सक्दैन र यसको राम्रो काममा प्रयोगमा ल्याउनु पर्ने धारणाहरू आएका छन् निबन्धमा।
धनपैसाले मात्र सुख पाइन्न – संसारमा धनलाई सर्वैसर्वा ठान्ने, धनबाट सुख शान्ति मिल्छ भन्नेहरूलाई धनपैसा भएर पनि सुखी हुइन्नभन्दा अचम्म लाग्नु स्वभाविक कुरा हो निबन्धकारले यस सम्बन्धमा धनपैसाले मात्र सुखी भइदैन भन्ने यथार्थलाई पुष्टि गर्न अग्रसर देखिन्छन्। वास्तवमा धन कमाएर मानिस तृप्त हुँदैन। तिर्सना र मन बढेर जान्छ। पैसा कमाएर साँधसीमा नाघेपछि मानिसलाई सन्तुष्टि नभै विपत्ति आइलाग्छ। धनको धनीभन्दा मनको धनी धनी हुन्छ। धनबाटै परिवारमा फुट, मनो मालिन्य, द्वेषभावनाको बीऊ रोपिनु, कमाउने होडबाजी चल्नु, चोरिने डर हुनु, परिश्रम गर्ने बानी घट्दो, भूइँ विर्सेर फूइँ लगाउने प्रवृत्ति हावी हु्नु, धनबाट मात्रै सुखपाइन्छ भन्ने सोच मनोरोग हो जस्ता धारणा राख्दै निबन्धकार लैख्छन् –‘… धनपैसालाई मात्र सबै थोक हो भन्ने नसोचौँ। धनपैसाले मात्र सुख पाइन्न भन्ने सबैले बुझे हुन्छ।’
वर्तमान समाजका समस्याहरू – आजको संसारमा देखिएका विकराल समस्याहरू, राज्यसमेतको अस्तव्यस्तता, नीति कामकारवाही चुस्त दुरुस्त नहुनु जहाँतहीँ सोच विचारमा गिरावट आउनु समय फेरिएर नभै मानिसको सोच फेरिएर भएको धारणा निबन्धकारको छ। वेरोजगार, अनुशासनको कमी, चोरी, डकैती, हत्य हिंसा, लोभी पापी, बेइमानीपन, राज्यमा भ्रष्टचारी घुसखोरी बढेको र समाज समस्यैसमस्याको पहाड भएको, समाजमा मत्स्यन्याय, लुट्नेले लुट्नु, चुस्नेले चुस्नु, जनता वाक्क, दिकक र आक्रान्त हुनु, जताततै विकृति विसंगतिको भण्डार, सुधारभन्दा विगार पक्षको हावी, आदि समाजमा देखिएका छन् र यी सबै आम प्रवृत्तिको कुरा हो त्यसो हुँदा सबै मिले समाज सुधारतिर लागौं भन्ने निबन्धकारको धारणा छ।
नेपाली समाज उहिले र अहिले – यस निबन्धमा निबनधकारले ढुंगे युग, बर्बर युग र सभ्ययुगको तुलनात्मक सामाजिक स्थितिको विश्लेषण गरेका छन्। आजको समाज सकरात्मक र नकरात्मकरूपमा अगाडि बढेको पाइन्छ।पहिलेको नेपाली समाजमा हिन्दू धर्मको बर्चस्व कायम थियो भने अहिलेको नेपाली समाज बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक रूपमा अगाडि बढेको छ भन्ने धारणा सहित निबन्धकार भन्दछन् –‘उहिले र अहिलेमा धर्ती र आकाश जस्तै फेर बदल छ।’
समयको शक्ति महत्व र प्रभाव –यस निबन्धमा निबनधकारले समयको शक्ति, महत्व र प्रभावलाई प्रष्ट्याउने प्रयास गरेका छन्।समय बलवान हुन्छ। यो गतिशील हुन्छ। केवल अनुभूतिमात्र गरिने विषय हो। निबनधकारले भन्छन् –‘समय अखण्ड छ, निराकार छ, प्रवाहमय छ।’ ‘संसार समय भित्र छ, प्रकृति समयभित्र छ।’ महत्वको बारेमा निबन्धकारको भनाई यस्तो छ –‘समय सुन, गुन, र नूनभन्दा पनि महत्वपूर्ण छ। ’समयको शक्तिको विषयमा निबन्धकारको भनाइ यस प्रकार छ –‘समयलाई बुझ्न सक्नुपर्छ महानता यसैमा छ समयभन्दा ठूलो शक्तिशाली चिज दुनियामा अरू सायदै नहोलान्।’ यस्ता धारणाहरू निबन्धकारले यस लेखमा थुप्रै पस्केका छन् जस्तै ‘समयभित्र समस्या छ त्यसभित्र समाधान पनि छ, ‘जीवन क्रमहरूको संग्रह हो, ’ ‘अर्थहीनहरू बाँचेर पनि मरेसरह हुन्छन् ’, उन्नप्रिगति त र परिवर्तनका लागि समय सबैका लागि ठूलो कुरा हो आदि।
मैले यस निबनधमा भएका निबन्धमा रहेका सन्देशहरूलाई पस्कने प्रयास गरे ं। निबनधकारले दिन खोजेका सबै सन्देश भने यो सानो लेखले समेट्न भने सकेको छइन।
माथिका सन्देशलाई मनन् गर्दा निबनधले समसामयिकतालाई समाएका छन्। यी निबनधहरू सबै पाठकको लागि ग्राह्य छन् किनकि सरल र सुबोध शैलीमा लेखिएका छन्। निबनधमा विषय प्रसङ्गानुकुल उखानहरूको प्रयोग भएका छन्। भावमा विविधता, , प्रस्तुतिमा गहनता, अभिव्यक्तिमा प्रष्टता यी निबन्धहरूको वैशिष्ट्यता हो।
यी निबन्धले जीवन जगतलाई समाएका छन्। सार्थक जीवन जिउन आग्रह गरेका छन्। मानिस जिउँदै मर्नु हुन्न मरेपछि पनि जिउनु पर्छ भन्ने धारणा राखेका छन्। मानवमा मानवता चाहिन्छ भन्ने भावनाले ओतप्रोत यस कृतिमा उच्चतम जीवनशैलीको कामना गरिएको छ र अध्ययनमा सत्यतामा आधारित रहेर दार्शनिक अभिव्यक्तिलाई समाएर लेखेको अनुभूति सहजै गर्न सकिन्छ।
निबन्धले समाएका विषयबस्तु सारगर्भित छन् राष्ट्र राष्ट्रियताप्रतिको निबन्धकारको धारणा प्रवल छ। राष्ट्रको सवलताको लागि परनिर्भरताबाट छुटकारा लिंदै आत्म निर्भरको बाटो अवलम्वन गर्नु पर्छ भन्ने उनको धारणा छ। राजनेतामा देखिएको पथभ्रष्टतामा निबन्धकार चिन्तित छन्।
डा. नेत्रप्रसाद न्यौपानेज्यूले ‘जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि’ शीर्षकमा यस कृतिप्रति व्यक्त गरेका यी शब्दलाई यहाँ उल्लेख गर्न चाहन्छु –‘जीवन, सोच र समय ग्रन्थ निजात्मक, आत्मपरक, भावात्मक अनि वैचारिक प्रकृतिको निबनध–सङ्ग्रह हो। यसमा सङ्कलित अधिकांश विषय बस्तुहरूमा सर्जकको आत्मपरकता वा हार्दिकताको उच्छ्वलन भइरहेको छ।’ डा. नेत्रप्रसाद न्यौपानेज्यूका यी सारगर्भित धारणा सहित, यस निबन्धका कृतिका निबनधकार राम ज्ञावलीको भावि लेखनमा तीब्रता, सुस्वास्थ्य जीवनको उच्च कामनाको साथमा यस लेखको बिट यही मार्छु।
धन्यवाद
सदानन्द अभागी
मिति २०७५ साल कार्तिक १२ गते,
कावासोती नगरपालिका –७, शान्तिचोक नवलपुर, प्रदेश नं ४।
सम्पर्क तथा सुझावको लागि ९८४१३३५९८३,