मलाई जस्तै तिम्लाई नि, बाँच्नु खल्लो ला’को छ कि ?
तिम्रोतिर टोलाई राख्ने, नौलो रोग आ’को छ कि ?
मेला –उत्सव चाड-पर्व, लाग्न छोड्यो रमाइलो
तिम्रो पनि मेरो जस्तै,मन उडी रा’को छ कि ?
केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको
नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ?
किन- किन कता-कता, खाली-खाली भए जस्तो
बीचित्रको मुटुभित्र, रोग बढ्दै गा’को छ कि।
उराठ-उराठ बनी जीवन, मनको शान्ति हराउँदा
मलाई जस्तो अनुभूति, तिम्लाई पनि भा’को छ कि ?
जिन्दगीको गोरेटोमा, बढ्दै जाँने सिलसिलामा
कुनै बिन्दु समातेर, बसौं जस्तो ला’को छ कि ?
