• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

ओझेल

editor — Sun, 06/02/2019 - 06:46

  • सामाजिक कथा
  • ललिता 'दोषी'

सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।

सत्रअठार वर्षमा उर्लिएका जवानीका छालहरूलाई किनारा लगाएर सपना हरदम छोइला, भुटुवा बनाउन, रक्सी दिन भाँडा माझ्नमै व्यस्त हुन्थी । तन्नेरीहरू सपनाको आँखामा आँखा गाडेर खुसी साट्न लालायित हुन्थे । रहर लाग्दो जवानी सपनाको पोल्टाभरि खन्याउने आशमा तँछाडमछाड गर्थे । तन्नेरीहरूले जतिसुकै मरिमेटे पनि सपनाको आँखामा आँखा राख्ने रहर अधुरो नै हुन्थ्यो । अहँ, कुनै तन्नेरीहरू सपनाको अधरमा रहरहरू टुसाएको छनक पाउँदैनथे । सपनाको भट्टीमा पस्नु निरर्थक छ भन्नेहरू पनि थुप्रै थिए ।

सपना आफ्नो लागि अथाह चाहनाका महलहरू बनाउँदैनथी । ऊ पाखुरा खियाउँथी केवल आमा र भाइबहिनीको आवश्यकता परिपूर्ति गर्नको लागि । थकाइले चुर भएर सुइय सुस्केरा हाल्दै केही क्षण टुसुक्क बस्दा पनि भाइबहिनीको भविष्य सम्झेर उसको मथिङ्गल उथलपुथल हुन्थ्यो । भाइबहिनीको लागि नै असीमित रहरहरू फुलाउँथी । भाइबहिनीको खुसीको खातिर भट्टीमा आउनेहरूले हानेका व्यङ्ग्यवाणलाई सजिलै आत्मसात् गर्थी । सपनाले आफ्नो बहकिन खोज्ने मनलाई शिलामा परिणत गरी । आमा र भाइबहिनीको खुसीका लागि आफ्नो रहर समर्पण गरी । लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा नै सम्पूर्ण बोझ सपनामाथि थुपारिदियो बाबु कृष्णभक्तले ।

पापी कृष्णभक्तलाई सपनाको फक्रन लागेको यौवनको पर्वाह भएन । न अरू चिचिला छोराछोरी र बिरामी स्वास्नीकै चिन्ता भयो । व्यक्तिगत स्वार्थमै चुर्लुम्म डुब्यो ऊ । छोरीको विवाह गर्ने उमेरमा कृष्णभक्त स्वय म सुन्दरीको मायाले मर्माहत भयो । सुन्दरीलाई पाएर उन्मत्त भएको कृष्णभक्तले स्वास्नी–छोराछोरीको मुटु छेदन गर्न कुनै कसूर बाँकी राखेन ।

पत्नी गौरीलाई घाँटी अचेटेर मर्नान्त पार्दै घाँटीबाट तिलहरी र कानबाट टपहरू थुत्यो; छोराछोरीलाई लाठाले हिर्कायो । घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, सुनचाँदी र पैसा सबै कुम्ल्याएर निष्फिक्रीसँग हाँस्दै बाटो लाग्यो । सीताझैँ स्वास्नी र तामाका मुनाजस्तै छोराछोरीलाई दलदलमा फ्याँकेर गर्व अनुभूति गर्यो कृष्णभक्तले ।

कृष्णभक्तको त्यो वीभत्स र क्रूर व्यवहारले गौरीलगायत सपना, सजना र सविनलाई नै मर्माहत पार्यो । सबै विचलित हुँदै विलाप गर्दै रोए । भर्खरै एस.एल.सी पास गरेकी सपना केही बुझ्ने भइसकेकी थिई उसले आफ्नो हृदयमा भएका हाहाकारलाई पन्छाएर आमालाई सुमसुम्याउँदै भनी “आमा, तपाईं नै रोएर समालिन सक्नुभएन भने हामी कसको सहारामा बस्नू ? बाबुलाई हाम्रो पटक्कै माया छैन, हामीचाहिँ उसको मायामा किन रुने ? आमा म ठूली भइसकेँ केही काम गरौँला । ‘राजा मरे त राज्य अड्किँदैन’ त्यस्तै बाबु गए पनि हामीलाई फरक पर्दैन हिक्मत गरेर बाँचौँ । त्यो पाजीको अगाडि भाइबहिनीलाई ठुलो मान्छे बनाएर देखाउनुपर्छ बुझ्नुभो ? नरुनोस् आमा, त्यो असत्तीको मायामा नरुनोस् ।”

गौरी सपनाको कुराले केही बेर ट्वाल्ल परिन् । उनले कल्पनासम्म गरेकी थिइनन् सपना त्यति धेरै तर्क दिन सक्ने भइसकी होली भन्ने । गौरीलाई सपनाको कुरो ठिक लाग्यो । गौरीले सपनातिर हेर्दै भनिन्— “नानी, तैँले ठीकै भनिस् । अब म त्यस पापीको मायामा कल्पन्नँ बुझिस् ? मनलाई कठोर पार्छु, कठोर ।”

आमाको कुराले सपना पनि खुसी भई । सबैले फाटेको मन सिउनु नै श्रेय ठाने । कृष्णभक्तले नराम्रोसँग परिवारलाई लत्याएपछि गौरी र सपनाले पेट पाल्नका लागि घरैमा सानोतिनो भट्टी खोले । त्यहाँबाट आएको पैसाले एकपेट मीठोपिठो खानका साथै सजना र सविनलाई पढाउन जेनतेन पुग्थ्यो । बाबुले छोडेको जिम्मेवारी सपनाले थपक्क काँधमा थामी । आफ्नो लक्ष्य र भविष्यलाई थाती राखेर भाइबहिनीलाई शिखर टेकाउने मनमनै सङ्कल्प गरी उसले । बैँसलाई थेग्नु भनेको आगोका लप्काहरू निल्नुजत्तिकै कठिन थियो । सपनाले निलिरही आगोका लप्काहरू । यही क्रममा सपनाका बैँसालु दिनहरू बित्दै गए । गौरीको मृत्युपछि भने येनकेन घिसारेका दिनहरूमा अर्को विपत् आइलाग्यो । भोलिभोलि आमाको लागि औषधी किन्नुपर्ने पैसाको काम घटे पनि आमाको काजक्रियाको लागि पैसाको टड्कारो आवश्यकता पर्यो । आफैँ विह्वल भएकी सपनाले भाइबहिनीलाई समाल्नुपर्यो । यस्तो कठिन परिस्थितिमा महेशकाजीले आर्थिक सहयोग गरे । छिमेकीहरू कसैले मुखको सहानुभूति दिए भने कसैले शारीरिक रूपले काममा सहयोग गरे । अरू छिमेकीले स्वार्थरहित भावनाले सहयोग गरे भने महेशकाजीले सपनालाई पासोमा पार्न पाइन्छ कि भन्ने हिसाबले आर्थिक सहयोग गरे । मनमनै सोच्छन् काजी, “कम्ताकी छ त्यो सपना यसो कर्के नजरले पनि हेर्दिन । अब त गुन लगाएको छु । गुनको बदला लिन बिस्तारैसित त्यसका नजिक हुन्छु । जीवनमा आनन्दका दिन आउने भयो । आहा ! त्यो भरभराउँदी परीसँगै यो जिन्दगी मस्तीमस्तीमै बिताउँछु । कहाँ रूप सिद्धेकी स्वास्नी, कहाँ सपना— महेशकाजीले मनमनै यस्तै मीठो कल्पना गरे ।

जोसुकैलाई जत्तिनै पीडा परे पनि समयलाई केही फरक परेन; दिनहरू बित्दै गए । गौरीको काजक्रिया पनि सकियो । सपनाले आफ्नो हृदयमा लागेको घाउ खाटा नबस्दै पुनः भट्टी चलाउन थाली ।

अजिँगरको आहारा दैवले पुर्यायो भनेर मख्ख भएको महेश एक दिन सपनाको भट्टीमा आए । महेशलाई देखेपछि सपनाले बडो सत्कारका साथ बस्न आग्रह गरी । सपनालाई निर्वस्त्र पार्न आतुर भएको महेशले र्याल चुहाउँदै थुचुक्क मेचमा बसे । महेश आफ्नो पैसा फिर्ता माग्न आएको हुनुपर्छ भन्ने लागेर कुरो बनाउँदै सपनाले “काजीसाप केही खाने कि ? हजुरले हामीमाथि लगाएको गुन कहिल्यै बिर्सनेछैनौँ । हजुरको पैसा चाँडोभन्दा चाँडो चुक्ता गर्नेछु” भन्न पनि भुलिन ।

मौका पर्खिरहेको महेशले मुसुक्क हाँस्दै भने “लाटी, के पैसा, सैसा दिने कुरा गरेकी तिम्रो लागि नाथे तीसचालीस हजार त के मसँग भएको सम्पूर्ण सुम्पन तयार छु । आइन्दा तिमीले कुनै दुःख गर्नुपर्दैन । म तिमीहरूका सम्पूर्ण चाहनाहरू पूरा गरिदिन्छु । त्यसको बदलामा तिमी मेरो हृदयमा बसिदेऊ । मलाई केवल तिमी भए पुग्छ । साँच्चै सपना, म तिमीलाई पूजै गरेर राख्छु ।”

महेशकाजीको कुराले सपना अक्क न बक्क भई । सपनालाई मौन देखेर महेश ज्यादै खुसी भए । सपनाले आफ्नो प्रस्ताव स्वीकार गरी भन्ने सोचे महेशले । महेश बसेको ठाउँबाट उठेर सपनाको नजिक पुगेर सपनाको हात समातेर चुम्बन गरे ।

सपनाले रिसले थर्थर काम्दै महेशलाई थुक्दै भनी— “थुक्क ! पाजी, आइन्दा मलाई छोइस् भने तेरो शिर नै गिडिदिन्छु । भट्टीमा बस्नु मेरो बाध्यता हो, भट्टीमा बस्नेहरू सबै बिकाउ हुँदैनन् । कुमार केटाहरूले त मलाई केही भन्न सक्दैनन् । घरमा स्वास्नी छोराछोरी भएको मान्छेले ....।’’

भट्टीमा खलबल भएको सुनेर सजना र सविन पनि आए । महेशकाजीलाई देखेपछि नमस्कार गर्दै भने— “किन हल्ला गरेको ? हामीले त केही भयो कि भन्ठानेका थियौँ ।”

सपनाले बोल्न नपाउँदै महेशले सजना र सविनतिर हेर्दै भने “सपना र मेरो धेरै पहिलादेखिको सम्बन्ध छ । त्यसैले त्यत्रो पैसा आँखा चिम्लेर दिएँ । अबदेखिसँगै बसौँ भनेको पटक्कै मान्दिनन् ।”

सपनाले भाइबहिनीतिर हेरेर आशा मिश्रित स्वरमा भनी, “यिनीहरू मेरा मुटुका धड्कन हुन् । यिनीहरूले मलाई राम्ररी चिनेका छन् । तपाईंको जाली कुरामा विश्वास गर्दैनन्, बुझ्नुभो ? तपाईँ त के स्वय म भगवान् आएर मलाई दोषी भने पनि यिनीहरू पत्याउदैनन् । ”

समाजले केही मानेगुनेका । लगभग आफ्नो खुट्टामा उभ्भिन सक्ने भएका शिक्षित सपनाका भाइबहिनी सपनाको कुरामा होइन महेशकै कुरामा विश्वास गर्छन् । सजना सपनालाई औँला ठडाउँदै भन्छे— “दिदी, तिमीलाई पोइ नै चाहिएको भए उहिल्यै पोइल गएकी भए हुन्थ्यो । हामी कुल्ली काम गरेर खान्थ्यौँ तर हाम्रो इज्जतमा त दाग लाग्दैनथ्यो । भन, यो समाजलाई कसरी मुख देखाउने ?”

सविन कुरा थप्छ, “दिदी तिमीले त हामीलाई ज्यूँदै मार्यौ । तिमीजस्ती पतिङ्गरले बाँच्नुभन्दा मर्नु ठिक छ; जाऊ मर ।”

महेशकाजी सपनाको घरमा आगो सल्काएर त्यहाँबाट हिँड्छन् ।

सपना भाइबहिनीका शब्दहरूले क्षतविक्षत हुन्छे । आफैँले आफैँलाई भुत्ल्याउँछे, आफैँलाई कोतर्छे । मानौँ पागलझैँ हुन्छे सपना । उसलाई झुन्डिएर मोरौ कि हाम फालेर मोरौझैँ हुन्छ । उसको मस्तिष्कले काम गर्न नै छोडेपछि भुइँमै डङ्ग्रङ्ङ पछारिँन्छे । सविन र सजना भोलि बदनाम हुनु साटो आज नै जिम्मा दिने सल्लाह गर्छन् । अचेत अवस्थामा नै सपनालाई घिच्याउँदै, मुन्ट्याउँदै लछार्दैपछार्दै महेशको घरमा पुर्याउँछन् । सपनालाई जिम्मा लिन दिव्यासँग आग्रह गर्छन् । सबै छिमेकीहरू आश्चर्यमा पर्दै सपनालाई हेर्दछन् ।

महेशकी श्रीमती दिव्यालाई सपनाको त्यो दुर्गति देखेपछि सहिनसक्नुहुन्छ । सपनाको बारेमा सबै सुनेपछि सपनालाई अङ्कमाल गर्दै भन्छिन् उनी, “देख्यौ सपना यही हो यो स्वार्थी दुनियाँ । मैले विवाह गरभन्दा मानिनौ । तिमीले यी सापहरूलाई पाल्न आफ्नो यौवन मार्यौ । वासनामा भुलेर बाबुले कतव्र्य छोड्यो । तिमीले कर्तव्य निर्वाह गर्यौ । कैयौँ आसक्त मनलाई चकनाचुर पार्दै अनगिन्ती पीडा सह्यौ । यिनीहरूलाई पाल्यौपोस्यौ र हुर्कायौ । भन के पायौ तिमीले ?”

दिव्या बोलेपछि सपनाको केही होश खुलेझैँ हुन्छ । दिव्या, सजना र सविनतिर हेर्दै पुनः कुरो थप्छिन्— “ए नालीका कीराहरू, समाजले नै सीता भनेर पुजेकी सपनालाई तिमीहरूले बेश्याको आक्षेप लगायौ ? धिक्कार छ तिमीहरूजस्ता भाइबहिनीलाई, तिमीहरूलाई लक्ष्यमा पुर्याउनको लागि सपनाले कति त्याग गरिन् थाहा छ ? सम्पूर्ण आदर्शले पूर्ण राकेशको प्रेमलाई लत्याइदिइन् । सपना केवल तिमीहरूको लागि बाँचेकी थिइन् । तिमीहरूले स्त्रीलम्पट त्यो पापी महेशको बात लगायौ होइन— यस देवीलाई ? तिमीहरूको लागि अब सपना मरिन् ।”

दिव्याको कुरा सुनेर सबै छिमेकीहरूको आँखाबाट आँसु झर्यो । सजना, सविनले पनि चित खाए । सबै छिमेकीहरू एकआपसमा कुरा गरे— “यो कलिमा एउटी आमा आफ्नो स्वार्थको लागि दुई महिनाको बच्चा छोडेर पोइल जान्छे । विचरी सपनाले त भाइबहिनीको लागि डाक्टरजस्तोको प्रेम पनि लत्याएकिरहिछन् । त्यस्ती हीराको टुक्राजस्ती दिदीको पनि इलाम बजारभरि तमासा देखाए ।”

दिव्याले सपनालाई काठमाडौँ ल्याउनको लागि बसपार्कतर्फ लागिन् । आफ्नो बचपनको प्यारो साथी राकेश अँझै अविवाहित छ भन्ने सुनेर सपनाको मुटु भक्कानियो । तीसपैँतीस वर्षकी सपनालाई आफ्नो चालीस वर्षको फुपूको छोरासँग मिलाउन पाएकोमा दिव्या अति खुसी भइन् ।

सजना र सविनले सपनाको अगाडिपश्चात्ताप गरेर रुन नपाउँदै सपना सबैको आँखाबाट ओझेल भइन् । हो ओझेल...।

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 78
  • 469 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    22 hours 53 min ago
  • आभार
    1 day 18 hours ago
  • बहुत खुब कहिल्छि ।
    4 days 17 hours ago
  • आभार प्रकट गरे
    6 days 16 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    6 days 18 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 12 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 14 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 14 hours ago
  • एकदम सान्दर्भिक
    1 week 19 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 22 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • पछिल्ला रचनाहरू
  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • जन्मदिनको शुभकामना
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • महलकी रानी
  • यसै गरी मिलोस तिम्रो माया
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • मैले कविता लेख्नै बिर्सेँ
  • पुराना कुरा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • नजन्मिएको गीत
  • शुरुशुरुमा
  • मौका यही हो गर
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • आँसु हाँसो मिलन बिछोड

Last viewed:

  • क्रस फायर: वेब फिक्सन्
  • हरिबहादुरको चिना पर्गेल्दा
  • बधाई छ निस्ठुरी तिमीलाई
  • गरेर आन्दोलन ए
  • कुखुराको खोर
  • मृत्यु (गीति कविता)
  • नेपालमा शास्त्रीयसङ्गीत
  • प्रमिथस
  • शान्तिको खाँचो
  • जीवन
  • साँचो प्रेम गरी तिम्लाई
  • १९ नम्बर
  • नेपाल मेरो देश
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • गरिबको पिठ्यूँमा भारी छ
  • तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)
  • सन्त कवि ज्ञानदिल दास
  • राम्रा नेता (मुक्तक)
  • बाचुन्जेलको हाँसो
  • आँसु हाँसो मिलन बिछोड
  • शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू
  • चर्चित नेपाली यौनकथा
  • देशभक्त हुँ म
  • नेपालको राष्ट्रिय गान
  • हामी कोपिला
  • मौका यही हो गर
  • तिमी आउनु है
  • शुरुशुरुमा
  • मैले कविता लेख्नै बिर्सेँ
  • नजन्मिएको गीत
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित