ओठै नचलाई बोल्थिन उनी
आँखै नझिम्काई हेर्थिन उनी ।
मनका कुरा भेट्नै सकिएन
प्रेमकै कुरा खोल्थिन उनी ।
शव्दमा तलमाथी पर्यो भने
च्याप्प समाएर केर्थिन उनी ।
रात छिप्पियो सुत्न जाने होईन
निन्द्राले झुम्म भै झुल्थिन उनी ।
मन नपर्ने कुरा गर्यो कि त
वेभक्याममा नै रुन्थिन उनी ।
हाल – दोहा कतार
Khadkabinod02@yahoo.com
