Skip to content

ए नेता अचेल कता सहिदका सपना सबै अधुरा
गनाएछौ बोका जस्तै तिम्रा कुरा डल्ले माकुरा

दाँया बाँया जान्दिन म दारु पानि खान्न भन्थ्यौ
जहाँ खायो त्यही आची भएछ कसरी यस्तो बेसुरा

देश बनाउँछु भन्थ्यौ तिमी मिठामिठा कुरा गर्थ्यौ
मुखमा चाँही राम राम बगलीमा रहेछ छुरा

सत्तामा नि पुगी सक्यौ कुर्सि पनि राम्रै पायौ
जनता सामु खाको कसम गर्छौ तर कहिले पुरा

साँझ पर्दा नपर्दै अचेल चाहिन्छ रे सुन्दरी तिम्लाई
खिस्स हाँस्दै लठ्ठिन्छौ रे बज्नै हुन्न भन्छन चुरा

1 thought on “ए नेता”

  1. vo sunil ji netako kura
    vo sunil ji netako kura nagrnu tatera auchha desh bigarnu bigaryo tara gazal ramrob lrkhnu va chha bipin thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *