Skip to content

कहाँ गयौ निरमाया


पानी पर्यो असिना दर्केर
आउछु भन्यौ आइनौ फर्केर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

फूलबारीको फूल टिपी हातमा
पर्खी बसेको छु मूल बाटोमा
आँखा छलेर
आऊ हो निरमाया झट्टै गरेर
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

मेला भर्न सोमबारे हाटमा
संगै संगै जाऊ माया साथमा
अघि लगाई
लैजान्छु तिमीलाई डोली चड़ाई
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

मङ्सिर गए नि माघ पक्कै आउला
सिन्दुर हाली तिमीलाई लैजाउला
बाजा बजाई
लैजान्छु तिमीलाई आफ्नी बनाई,
मलाई कुराई
कहाँ गयौ निरमाया मलाई रुवाई

लखनपुर ३ झापा,नेपाल
हाल;बहराइनति

Leave a Reply

Your email address will not be published. Required fields are marked *