नजरको तीर हान्दै मायाजालमा पार्छ्यौ ठुली
सहमतिका हातहरू किन पर सार्छ्यौ ठुली
मनमा बत्तीतनमा शक्ति शिरमा सगरमाथा
जित्नुपर्ने यो बेलामा झट्टै किन हार्छ्यौ ठुली
भताभुङ्ग मन हुदा सम्हालिन सक्ने तिमी
नारायणीको रित्तो डुंगा कतिन्जेल तार्छ्यौ ठुली
आकाशको तारा गन्दै टहलिने तिम्रो बानि ी
निस्कर्षको घन्टी देउ अझै कति टार्छ्यौ ठुली
सधै जसो खालमा बस्दा हार्ने बानी छ है तिम्रो
जिन्दगी नै जिती सके फेरि किन नार्छ्यौ ठुली
