It is the stubborn beginning; everyday had brought one hideous night. It is the time to determine, every dawn comes from one black night. It is the certainty of nature so we can revolutionize. Do hands on hands!
आदि,
अकडो अन्त्यको ।
बुझौ,
अकन्टक शशिलाई ।
आज एउटा अन्त्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुंद्वैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
एउटै योद्या तिमी
अनलमय राष्ट्रको
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
एउटै रातको अन्त्यपछी
अंगीकृत तिम्रो लयमा
अपठित भए पनी
आशिष तिम्रो बोल्ने छौं
सुन,
यो बलात्कार होईन
एउटा रात ‘अन्त्य’ होईन
बलिष्ठ नबोदयको बाँध हो ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा ‘अन्त्य’ हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।
