मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

रुपबजारकी नोरा

kbs — Wed, 10/15/2008 - 22:46

  • आधुनिक कथा
  • सरोज शार्दूल
  • हिमाल खबरपत्रिका

'भो बुझ्नु पर् या छैन तिमीलाई । यसभन्दा अगाडि जान हामीलाई अनुमति छैन ।' पूर्णिमाले भनी ।
कुराकानी त्यत्तिकै सकिएको केही महिनासम्म दुई जनाकॊ भेटघाट भएन ।

सिद्धार्थ सधैँ पूर्णिमाको पसलअगाडि चक्कर लगाउँथ्यो । 'क्या हो बाबु ! हाम्रो पनि त पसल छ जाने होइन ' सधैँ कोही न कोही उसको नजिक आएर सोध्थे । यसबीच थुप्रै अनुहार दोहोरिए । थुप्रै नयाँ अनुहार थपिए । अहँ पूर्णिमा कतै देखा परिन ।

आज चाहिँ ऊ एकजना सम्बोधनकर्ताको पछि लागेर गयो । पसलमा पुग्नेबित्तिकै उसले सोध्यो 'अचेल पूर्णिमालाई देख्दिन नि ! कहाँ गई '

'को पूर्णिमा बाबु यहाँ कति चाँदनी कति पूर्णिमा आए गए । तपाईंले कसलाई खोज्नुभएको हो ' पसल्नीले इत्तरिएको पारामा भनी । सिद्धार्थले हुलिया दियो ।

'ए ऊ ! त्यसको तकदीर बडो राम्रो रैछ । एक जना खानदानी बाबु आएको थियो । लिएर गयो । महारानी झैँ गाडीमा सवार भएर गई… ।' पसल्नीको कुरा नसकिँदै सिद्धार्थ त्यहाँबाट हिँड्यो ।

एक साताको एकान्तबासमा उसले पूर्णिमाको मुहारचित्र बनायो र आफू सुत्ने कोठाको भित्तामा टाँस्यो । पूर्णिमाको मुहारको भाव पढ्यो। आँखाको चमक पढ्यो। ओँठको प्यास पढ्यो। गालाको मादकता पढ्यो। सातादिन पछि उसले त्यो मुहारचित्र बजार नजिकैको आर्ट ग्यालरीमा राखिदियो । पछिल्लो समय उसलाई पैसाको निकै खाँचो पर् यॊ । काम नगरेको महिनौँ भएको थियो र पुराना दृश्यचित्रहरु बिक्री भइसकेका थिए ।

सिद्धार्थ अर्को एक साता एकान्तबासमा रह्यो । पुरानो चित्रको बाँकी पैसाले केही बोतल रक्सी किन्यो । अहोरात्र रक्सीमै डुबेर बस्यो । आठौँ दिन उसले खाटमुनिका बोतलहरुको पीँधमा थिग्रेको थोपाथोपा सँगालेर एक पेग जति बनायो । पियो र ऐनाअगाडि उभियो । झुस्स बढेको दाह्रीमा एकछिन त उसले आफैँलाई चिनेन ।

'वा लियोनार्दो दा भिन्ची !' एक्लै बर्बरायो ऊ 'मोनालिसा खोई त ' झल्याँस्स पूर्णिमाको स्केच सम्झ्य । हतारहतार बाहिर निस्क्यो ।
आज बजारमा त्यति चहलपहल थिएन । अस्तिकी पसल्नी उसलाई देखेर उता फर्केको सिद्धार्थले सहजै चाल पायो । 'तँलाई रन्… ।' उसले मनमनै भन्यो ।

उसलाई देखेर ग्यालरीको मालिक बाहिरैसम्म लिन आयो । सम्मानपूर्वक बसाउँदै सोध्यो 'के लिने हजुर चिसो कि तातो '

मालिकको अनौठो व्यवहारले सिद्धार्थ आश्चर्यमा पर् यो । ऊ त्यही थियो जसले थुप्रै पटक सिद्धार्थको मन नराम्ररी भाँचेको थियो । 'कलाकार र वेश्या एकै हुन् । तिनीहरु रङ पोतेर शरीर बेच्छन् कलाकारहरु रङ पोतेर भावना ।' सिद्धार्थलाई ईङ्गित गर्दै उसले यो संवाद बोलेको धेरै भएको थिएन ।

'रातो छैन ' सिद्धार्थले भन्यो ।

'अरे हजुर तपाईँ भन्नुस् मात्रै म सारा बजार उठाएर ल्याइदिन्छु ।' मालिकले चिल्लो घस्यो ।

'भैगोभैगो पर्दैन । अस्तिको चित्र किन्ने कुनै ग्राहक भेटियो '

चित्र किन्ने मान्छेसँग सिद्धार्थकॊ एउटा शर्त हुन्छ- चाहिएको बेला उसले चित्र फिर्ता लिन सक्छ । बरु त्यसका लागि चार गुणा बढी पैसा तिर्नेछ । अहिलेसम्म सयौँ चित्र बनाएर बेचिसक्यो । कुनै फिर्ता मागेको छैन । तर पनि ऊ यो पुरानो शर्तमा कायम छ । ग्यालरीलाई भने राखिदिएबापत बिक्रीमूल्यको २० देखि ३० प्रतिशतसम्म दिन्छ ।

'किन नभेटिने हजुर भेटिएको छ । मूल्य पनि राम्रै तिर्छु भनेको छ । तर…!' मालिकले कुरा चपाउँदै भन्यो ।

'तर के '

'ऊ तपाईँको शर्त मान्न तयार छैन ।' मालिकले नम्रतापूर्वक जवाफ फर्कायो ।

'त्यसो भए म पनि चित्र बेच्न तयार छैन ।' सहज जवाफसँगै आफ्नो कठिन परिस्थिति सम्झ्य र सोध्यो 'किन अरे '

'खै त्यो त मलाई थाहा भएन । तर ऊ मागेको मूल्य तिर्न तयार छु भन्दै थियो ।'

'कति दिन सक्छ त्यसले दस लाख ' सिद्धार्थ आवेगमा आयो ।

'हो दस लाख । म प्रेमको कुनै पनि मूल्य तिर्न सक्छु ।' अनायासै झुल्किएको ग्राहकले भन्यो ।

मालिकले उसलाई झुकेर अभिवादन गर्यो 'सलाम वालेकुम खान साहब ।' उसले उभिएरै अभिवादन फर्कायो 'वालेकुम सलाम ।' ग्राहक हेर्नमा हट्टाकट्टा नै देखिन्थ्यो । खानदानी । अभिमानी । न धेरै मोटो न दुब्लो । गहँुगोरो वर्णको । कुरा गरिरहँदा उसको शरीरबाट निस्केको अत्तरकोभन्दा मुखबाट निस्केको रक्सीको गन्धको प्रभाव बढी थियो ।

'उहाँ खान साहब । अरबाज खान । उहाँ नै हो ग्राहक ।' मालिकलॆ परिचय गराउँदै भन्यो 'उहाँ सिद्धार्थ विनायक । उहाँकै हो चित्र । तपाईँहरु आफैँ कुरा गर्नुस् ।'

'तपाईँ यो चित्र किन खरिद गर्न चाहनुहुन्छ ' केही बेरको मौनतापछि सिद्धार्थले सोध्यो ।

'मैले यसलाई प्रेम गर्न थालेको छु । म सजीव वस्तुका असीमित अपेक्षा पूरा गर्न नसक्ने भएको छु । तर सजीवतादेखि टाढा रहन पनि सक्तिनँ । यो चित्र निर्जीव छ । यसका कुनै अपेक्षा चाहना छैनन् । साथसाथै सजीव पनि जसलाई म दिल खोलेर प्रेम गर्न सक्छु ।'
'हुन त यो मेरो पि्रय चित्र हो । अहिले मलाई पैसाको खाँचो छ ।'

'राम्रॊ । तर तपाईको शर्त !'

'मैले आजसम्म यसरी नै सयौँ चित्र बेचेको छु । यो शर्त संशोधन गर्ने अनुमति मेरो दिमागलॆ मलाई दिँदैन ।'

'प्रेममा शर्त ! अहँ । बरु म यसका लागि जुनसुकै मूल्य तिर्न तयार छु ।'

त्यसो त सिद्धार्थले अहिलेसम्म कुनै पनि चित्रको पाँच हजारभन्दा बढी मूल्य पाएको छैन । धनाढ्य ग्राहकका लाखौँ-लाखको कुरा र अतिशय भावुकताले उसका सपना झािङ्गिदै जान्छन् । 'सायद यो मेरो जीवनको अन्तिम चित्र हुनेछ । यससँग मेरो जीवनको सपना गाँसिएको छ । म एउटा कार किन्न चाहन्छु । म एउटा आफ्नै घर बनाउन चाहन्छु । फेरि मलाई विवाह पनि गर्नु छ ।' यसो भनिरहँदा सिद्धार्थका आँखामा पूर्णिमा झल् झली नाचिरहेकी थिई । कानमा त्यही पसल्नीको कुरा गुन्जिरहेको थियो- 'महारानी झैँ गाडीमा सवार भएर गई ।'

'यदि मैले तपाईँलाई कार घर र मानी भने श्रीमती पिन- सबै सबै दिएँ भने नि ' ग्राहकले भावुकताको पराकाष्ठा पार गर्यो ।

ग्यालरी मालिक उत्सुकतापूर्वक संवाद सुनिरहेको थियो । 'यदि यो कुरा यथार्थमा परिणत भयो भने चित्रको कमिसनबापत मेरो भागमा के पर्ला -कार घर वा श्रीमती ' उसले अनुमान गर्न खोज्यो ।

'यो कसरी हुनसक्छ तिम्री श्रीमती…'

'किन हुन सक्दैन मैले सुनेको तिमी एउटी बेश्यालाई प्रेम गथ्र्यौ । मेरी श्रीमतीलाई प्रेम गर्न किन सक्दैनौ आखिर ऊ पनि त एउटी बेश्या नै हो । फेरि मैले कहिल्यै पूरा हुन नसक्ने तिम्रा सपनाहरु पूरा गरिदिन्छु भनेकै छु त । अब तिमी बिना शर्त मलाई त्यो चित्र देऊ ।' ग्राहक तिमीमा ओर्लियो ।

जीवनमा यस्ता घटनाहरु पनि हुन्छन् जसलाई पत्याउन गाह्रो पर्छ । तर त्यही भइदिन्छ । यो सब यति हतारमा भयो कि कसैलाई केही सोच्ने फुस्रद नै भएन ।

घण्टीको आवाजसँगै पूर्णिमाले ढोका खोली ।

'अरे सिद्धार्थ तिमी यहाँ ' आश्चर्यचकित भएर हेरिरही केही क्षण ।

सिद्धार्थ पनि त्यस्तै भयो 'पूर्णिमा तिमी… '

तुरुन्तै परिवर्तित भावमा पूर्णिमाले भनी 'तिमी यहाँ किन आएको गइहाल यहाँबाट । मेरो लोग्नेले थाहा पायो भने दुवै जनालाई मार्छ । शायद तिमीलाई थाहा छैन- ऊ अति शङ्कालु पापी र क्रूर छ ।'

'म उसैले पठाएर त यहाँ आएको । उसले मेरो सर्वश्व लिएर गयो । बदलामा आफ्ना सबै कुरा मलाई सुम्पिएर हिँड्यो । तिमी पनि आजदेखि मेरी भयौ पूर्णिमा । '

'यो तिमी के भन्दैछौ तिमी पागल भइसक्यौ सिद्धार्थ । तुरुन्तै गईहाल मेरो अगाडिबाट ।'

'पागल म होइन तिम्रो लोग्ने थियो । नपत्याए हेर यो घरको लालपूर्जा गाडीको ब्लुबुक सबै मेरो नाममा गरिदिएको छ । अँ साँच्चै तिम्रो नाममा पनि एउटा चिठी लेखेको छ । लौ पढ ।' विजयी भावमा सिद्धार्थले भन्यो ।

पूर्णिमाले चिठी समाई । खोली र पढी । लेखिएको थियो-'पूर्णिमा मैले प्रेमका लागि आफ्ना सबै कुरा बेचिदिएँ । तिमीलाई पनि ।'

त्यो उसैको अक्षर थियो । चिठी पढिसकेपछि पूर्णिमाले विस्तारै भनी 'तर म तिम्री स्वास्नी भएर बस्न सक्दिनँ । म उसकी पनि कहिल्यै हुन सकिनँ । उसका अरु कुरा जे गर ममाथि भने तिम्रो कुनै अधिकार छैन ।'

'तिमीले अचेल मलाई मन पराउन छाड्यौ त पूर्णिमा '

'प्रेम र विवाह अलग-अलग कुरा हुन् सिद्धार्थ ।'

'जब एउटी नारी आमा दिदीबहिनी छोरी र श्रीमतीमध्ये केही पनि बन्न सक्दिनँ तब बेश्या बन्छे । जब ऊ बेश्या बन्छे तब केही बन्न सक्दिन । तिमी पनि एक बेश्या हौ । विवशताबश शरीर बेच्नु बेश्या हुनु होइन भन्ने मेरो मान्यता सायद गलत थियो ।' सिद्धार्थले आक्रोश पोख्यॊ ।

'तिमीले त मलाई कहिल्यै प्रेम नै गरेनौ । हो म पेसाले बेश्या थिएँ र फेरि पनि हँुला । तर प्रेमको मूल्य के हो त्यो एउटी वेश्यालाई मात्र थाहा हुन्छ ।' उसकै शैलीमा पूर्णिमाले भनी ।

एकछिन दुवै चुप बसे । अप्रत्याशित घटनाक्रमले दुवै केही गलेका पनि थिए ।

'यो प्रेम-स्रेमको नाटक छोड । जाऊ बजारमा र तिर्खा मेट । म नै चाहिन्छ भने दुई चार दिनपछि त्यहीँ भेट्नेछौ ।' गलित स्वरमा पूर्णिमाले भनी ।

'तिमीहरु वर्षाका पानी हौ पूर्णिमा । वर्षाको पानीले तिर्खा मेटिँदैन ।' यसपटक सिद्धार्थ अ झ निर्मम भयो ।

'हो तिमीले ठीकै भन्यौ सिद्धार्थ । हामी वर्षाका पानी हौ । तर तिम्रो प्रेम पनि तिर्खा मात्र हो भन्ने कुराको प्रमाण तिम्रै भनाइमा छ । तिमीले सधैँ शरीरलाई प्रेम गर्यौ । जीवनलाई कहिल्यै प्रेम गरेनौ ।' पूर्णिमाले बाजी मारी ।

'मलाई वेश्याका आदर्श सुन्नु छैन । जाऊ । फेरि पसल थाप । खानजस्ता पागलहरुको खेती गर र बस । जाऊ गइहाल ।' सिद्धार्थ झण्डै चिच्यायो ।

'म त जान्छु नै । एउटी वेश्या किव-कलाकारका झैँ आदर्श छाँट्न जान्दिनँ ।'

त्यसपछि पूर्णिमा त्यहाँबाट हिँडी- डल्स हाउसकी नोरा झैँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
Tweet

Post new comment

(If you're a human, don't change the following field)
Your first name.
The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
(सूरक्षा परिक्षण) तलका अक्षरहरू टाइप गर्नुहोस् ।
Image CAPTCHA
Enter the characters shown in the image.

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 46 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 18 hours ago
  • Nice !
    5 days 22 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 21 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • आक्रोश (लघुकथा)
  • तुलहरूको देशमा
  • झार र झारहरू
  • जंगल र मान्छेहरू
  • बाल्यकालको दशैं यस्तो
  • सद्दाम र हामीहरू
  • असनको डबली
  • जहाँ समय रोकिन्छ !!!!!!!!!!!!!
  • हो, म बाहुन हुँ
  • हिसाब जिन्दगीको
  • अँध्यारोभित्र
  • के यो गलत होइन र ?
  • यौवनका फौबन्जारहरू
  • युद्ध भूमिबाट एउटा चिठी
  • गाजा र विस्फोटनका धुंवाहरु
  • सुनपानीले छर्क मायालु
  • रामेको सपना
  • असमय
  • परिचय मेरो
  • गालीको पहाड
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित