पहेँली नयाँ रचेर
धुकधुकी नयाँ बनेर
शितल बताससँगै दौडिँदै
के खबर ल्यायौ प्रिय ?
बसन्त पर्खैर ।
अलग धुनको कोसेली
सुनाउँदै नयाँ सुसेली
गृष्मको अन्तिम हुरीसँग बहँदै
के भरेर ल्यायौ आँचल ?
ऋतुहरू पर्खेर ।
यथार्थ चोटिला कुराहरू
दैनिकी मेरो भईसक्यो
अबिश्वासको कडी तिमी छिनाउँदै
फेरि कुन जन्जीर लिएर आयौ ?
लोहा लाई पिटेर
बेईमानी बुटाहरू भरेर
सगर्व सिना फूलाउँदै
धुमिल भएर डँडेलो आफै लगाउँदै छौ
भन कुन मरुस्थल नाघेर आयौ ?
धुप लाई छलेर ।
अभास नयाँ दिएर
बगैंचाको फूलहरू सुमसुमाउँदै
भर्खर चियाउँदै गरेका टुसालाई निमोठ्दै
भन कुन अमृत पिएर आयौ ?
प्याला नै पुछेर ।
सफेद पानाहरू संगेलेर
चोब्दै मेरा रगतमा अैंलाहरू
भदौरे भेलमा बगाई दियौ नङ्गगाएर शरीर
भन कुन तथास्तु पाएर आयौ ?
प्रकट भएर अन्तर्ध्यान भयौ ।
नोभेम्बर २२, २०११
http://www.facebook.com/pages/Ruman-Amant-NEupane/258608764186783
